बिहिबार, बैशाख १३, २०८१

अस्वस्थ्यताका कारण प्रम ओली चियापान कार्यक्रममा अनुपस्थित

प्रदेश र स्थानीय तहमा पार्टी एकताको कामलाइ अवका दिनमा प्रभावकारी रुपमा अगाडी बढाइने : प्रचण्ड

काठमाडौ कार्तिक ११, प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलीको अचानक भाइरल ज्वरोका कारण छातीमा सङ्क्रमण भएको थाहा भएको छ । सम्वद्ध स्रोतका अनुसार स्वास्थ्य अवस्थामा देखिएको समस्याका कारण उहाँ आइतवार र सोमवार दैनिक कार्यसम्पादनमा सहभागी नभइ आराममा रहने बताइएको छ ।  त्यस्तै अस्वस्थ्यताका कारण प्रधानमन्त्री ओली पार्टीले वडा दशै दिपावली नेपाल संवत र छठ पर्वको अवसरमा शनिवार आयोजना गरेको चियापान कार्यक्रममा समेत अनुपस्थित रहनु भएको बताईएको छ ।

यसैवीच नेकपाले शनिवार आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष प्रचण्डल नेपाल जातीय, भाषिक, धार्मिकरुपमा विविधतायुक्त देश रहेको र त्यसले एकताको सुत्रमा बाँधेको जनाउ दिनु भएको छ । त्यस्तै उहाँले नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको नेकपाले पहिलो पटक आयोजना गरेको चियापान कार्यक्रममा उपस्थिती आफैमा महत्वपूर्ण रहेको भन्दै प्रदेश र स्थानीय तहमा पार्टी एकताको कामलाइ अवका दिनमा प्रभावकारी रुपमा अगाडी बढाइने बताउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।