आइतवार, साउन ५, २०७६
BigTop ताजा हाम्रो विचार

बडादशैंको मंगलमय शुभकामना

आम सार्वभौम सम्पन्न नेपालीको भावना माथि यो वा त्यो बहानामा प्रहार गर्ने दृष्य वा अदृष्य शक्तिको तेजोबोध गर्ने् शक्ति देवीदुर्गाले प्रदान गरुन भन्ने कामना गर्दैछौं …

काठमाडौ आश्विन ३०, आम हिन्दू नेपालीमात्रको महान चाड बडादशैं घर आँगनमा भित्रिइएको पनि आज सातौ दिन भइसकेको छ । जस्तोसुकै प्रतिकुल अवस्थामा पनि अनुकुलता खोज्दै खुशी साट्ने नेपालीहरूले आफ्नो संस्कृतिलाई स्मरण गर्दै यो वर्षको बडादशैंलाई पनि उल्लासमयरूपमा मनाउँने तयारीमा जुटेका छन । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको यो महान् पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ ।
बडादसैँको पहिलो दिन घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ भने त्यसैदिनदेखि दसैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी सुरु गरिएको पूजा अन्र्तगत पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ । नौ दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

त्यस्तै विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रिमा जाग्राम रहेर पूजा लगाई ऐश्वर्य कामना गरिन्छ । यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धन धान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास रहिआएको छ । यसैवीच आम सार्वभौम सम्पन्न नेपालीको भावना माथि यो वा त्यो बहानामा प्रहार गर्ने दृष्य वा अदृष्य शक्तिको तेजोबोध गर्ने् शक्ति देवीदुर्गाले प्रदान गरुन भन्ने कामना गर्दैछौं ।

वडादसैंका कारण हामी निरन्तर  Update   हुन नसकेपनि यहाँहरुसङग बेलाबखत भने जोडिने हरसंम्भव प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्दै पुन एकपटकपरिवारिक तथा सामाजिक पूनर्मिलन र आपसी भाइचारा एवम् सदभाव अभिवृद्धि गर्ने सन्देश समेत बोकेको यस महान् पर्वको गरिमा र महत्वलाई अक्षुग्ण राख्न यसलाई बिकृतिमुक्त बनाई सभ्य र सालीन रुपमा मनाउनु हुन आह्वान गर्दछौं ।  साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा शुभविजयादशमीको अवसरमा www.kantipurhotline.com  परिवारका तर्फबाट सम्पूर्ण Online का पाठकवर्ग,विज्ञापनदाता तथा आम नेपालीमा विजयादशमी २०७५ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू