बिहिबार, बैशाख १३, २०८१

दोस्रो उपत्यकाव्यापी वादो कराते प्रतियोगिता सम्पन्न

काठमाडौं असोज १४ , इन्टनेशनल वादो फेडेरेशन नेपाल शाखा डोजो माछापोखरी तथा त्रिलोक चिल्ड्रेन्स एकेडेमीको संयूक्त आयोजनामा शनिवार दोस्रो उपत्यकाव्यापी वादो कराते प्रतियोगिता २०७५ को आयोजना गरेका छन । प्रतियोगितामा उपत्यकाको मनमैजु डोजो, इचन्गु डोजो, स्वयम्भु डोजो र लम्जुङ्ग डोजो लगायतकाके सहभागिता रहेको थियो ।


माछापोखरी डोजोका सह–संयोजक कुबेर पौडेलको सभापतित्व एवम् कांग्रेस, केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य माननिय सुरेन्द्र राज पान्डे विषेश आतिथ्यता त्यस्तै गरि नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत, वादोकाई संस्थापक अध्यक्ष राजन केसी तथा संघ का पदाधिकारीहरुको आतिथ्यता रहेको थियो।


त्यस्तै प्रतियोगिताको समापन सत्रमा विजेता प्रतियोगीहरुलाइ  पुरस्कार एवम् सम्मान प्रतिनिधि सभा सदस्य एवं पूर्व रक्षा मन्त्री भीमसेन दास प्रधानले वितरण गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।