शुक्रबार, चैत्र १६, २०८०

चाडलाइ भड्किलोरुपमा नभइ सहकारीको सिद्धांतत मनाउँन सरोकारवालाको आग्रह

 काठमाडौं भाद्र २५, काठमाडौं सेभिङ एण्ड क्रेडित युनियन संघ काठमाडौंले आज राजधानीमा अनेकतामा एकता सहकारीमा महिला सहभागीता विषयक विशेष एवम वृहत अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको छ ।  महिलाहरुको महान चाड हरितालिका(तीज) को पूर्वसन्ध्यामा आयोजित उक्त कार्यक्रमा पहिले तीजको अघिल्लो दिन मात्र खाइने दर केही वर्षदेखि एक दुई महिनाअघिदेखि नै खाने प्रचलन बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै चाडलाइ भड्किलोरुपमा भन्दा पनि सहकारीको सिधान्त सहित सहकार्य र सहज वातावणमा मनाउन सम्वद्ध सवैमा आग्रह समेत गरिएको छ ।

  काठमाडौं सेभिङ एण्ड क्रेडित युनियन संघ काठमाडौंका वोर्ड सञ्चालक एवम् महिला उपसिमितका संयोजक रमिला श्रेष्ठ शाक्यको सभापतित्व एवम् नेपाल सेभिङ एण्ड क्रेडित युनियन संघकी कावा अध्यक्ष पार्वती खाँडको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैकका प्रतिनिधी, काठमाडौं जिल्ला सहकारी संघको तर्फबाट अमरावत्ती वलामी एवम् र काठमाडौं सेभिङ एण्ड क्रेडित युनियन संघको तर्फबाट लेखा संयोजक कमलराज अधिकारी लगायतले प्रस्तावित विषयमा आफ्नो अभिमत प्रस्तुत गर्दै यस्तो आग्रह गर्नुभएको हो । तीजको शुभकामना आदानप्रदान समेत गरिएको उक्त कार्यक्रममा संघ अन्र्तगत महिला उपसमितिका सदस्य गिता रेग्मीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।