शुक्रबार, चैत्र १६, २०८०

यस्तो छ वडाध्यक्ष चुडालको प्रशसनीय कार्य

विर्तामोड भाद्र २३, झापा हल्दिवारी गाउँपालिका–४ का वडाध्यक्ष होम चुडालले राज्यले दिएको यातायात सुविधा फिर्ता गर्नुका साथै आफ्नो तलब सामाजिक कार्यमा लगानी गरेका छन् । पाँचवडा वडा रहेको हल्दिवारी गाउँपालिकामा जनप्रतिनिधिका रुपमा कांग्रेसबाट एकमात्र निर्वाचित वडा नम्बर–४ का वडाध्क्षय होम चुडालले राज्यले दिएको सुविधा फिर्ता सनिबार आयोजित एक कार्यक्रमका बीच फिर्ता गर्नुभएको हो ।
वडाध्यक्ष चुडालले वडामा आयोजित एक कार्यक्रमका बीच राज्यबाट प्राप्त टिभिएस कम्पनीको मे १ ब ५५६ नम्बरको अपाचे  चावी हल्दिवारी गाउँपालिकालाई फिर्ता गरेका हुन् । १ नम्बर प्रदेशका सांसद ओम सरावगीको प्रमुख आतिथ्यतामा भएको सुविधा फिर्ता कार्यक्रममा गाउँपालिकाका तर्फबाट उपस्थित कर्मचारी प्रतिनिधि वडासचिव बिशाल काफ्लेलाई वडाध्यक्ष चुडालले मोटर साइकलको चावी बुझाउनु भएको थियो । 
 एकवर्षमा प्राप्त लगभग दुईलाख २० हजार रकमबाट आफ्नो वडाभित्रका सामुदायिक विद्यालय दिपेन्द्र प्राविमा अध्ययनरत कक्षा १–५ सम्मका छात्र छात्राका २७५ जना विद्यार्थीका लागि स्कूल व्याग, महेन्द्र माविमा सञ्चालित मिदास इ–क्लास सफ्टवेयरसहित एकलाख २४ हजार तीनसय ७५ रुपैयाँ, स्थानीय किराँतेश्वर गुरुकुललाई ७० हजार, पाथीभरा पर्यटकीय विकास क्षेत्रको पितृ सुक्त कार्यक्रमका लागि १५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।
सेवा सुविधा हस्तान्तरणपछि बोल्दै अध्यक्ष चुडालले आफूले पाउने तलब आफ्नो कार्यकालभरी विभिन्न सामाजिक क्षेत्रमा लगानी गर्ने संकल्पका साथ सेवा सुविधा फिर्ता गरेको उल्लेख गर्नुभयो । नेपाली कांग्रेस जलथल गाउँ समिति सभापति दिलीप मावोको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रेवतीरमण नेपालले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन तुलसी ओलीले गर्नुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।