बिहिबार, बैशाख १३, २०८१

१३ वर्षिया किशोरीलाई जबर्जस्ती गर्न खोज्ने ६५ वर्षिय नरपिपासु श्रेष्ठको  इहलिला समाप्त

काठमाडौं भाद्र २८ कञ्चनपुरको निर्मला पन्तको वलात्कारको घटनाकोको अनुसन्धानले निकास नपाउँदै रामेछापमा १३ वर्षिया किशोरीलाई जबर्जस्ती गर्न खोज्ने ६५ वर्षिय नरपिपासु पूर्णबहादुर श्रेष्ठको ज्यान गएको छ ।  स्थानीय प्रहरीलाइ उदृत गर्दै हाम्रा सहकर्मीले जनाएअनुसार १३ वर्षिय किशोरी बारीमा आज विहान घाँस काट्न हिँडेकी मौका छोपेर नरपिपासु श्रेष्ठले नातामा नातीनी पर्ने ति किशोरीलाइ  आफ्नो  बाहुपासमा कस्दै जबर्जस्ती गर्न खोजे पछि आफू फुत्किएर बचेको प्रहरीसमक्ष बताएकी छिन् ।

घटना विवरण अनुसार   बलात्कारी श्रेष्ठको फण्डाबाट उम्किएर ति किशोरीले घर पुगी फलामको रड लिएर श्रेष्ठको घरमै  पुगी श्रेष्ठलाइ प्रहार गर्दा श्रेष्ठको ज्यान गएको भन्दै किशोरीले घटनामा प्रयोग भएको रडसहित  करीब १० बजे प्रहरी चौकी रामेछापमा हत्याको बारेमा जानकारी गराई आत्मसमर्पणसमेत गरेको पनि प्रहरीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।