शुक्रबार, बैशाख ७, २०८१

सूचना, सञ्चार, र पत्रकार संहिता

-फणीन्द्र फुयाल ज्वाला-

 सञ्चार भन्ने बित्तिकै एक व्यक्ति वा समूहसम्म बोली, शब्द, संकेत, चिन्ह, लिपि, अंक, इशारा वा अन्य कुनै प्रकारले विचार, धारणा एवम् जानकारी आदान प्रदान गरिने प्रक्रिया भन्ने बुझिन्छ । प्रष्ट रुपमा भन्नु पर्दा सामाजिक परिवर्तन सञ्चारकै कारण सम्भव हुन्छ भन्ने बुझिन्छ । पुरातन युगबाट आधुनिक सूचनाको युगम्मको सामाजिक परिवर्तनको मुख्य कारण भनेकै सञ्चार हो । निरन्तर रुपमा सञ्चार प्रक्रियाको विकास भएको कारणले नै आजको अवस्थामा मानव समाज यो अवस्था सम्म आइपुगेको हो । सामाजिक परिवर्तन तथ्य, विचार, धारणा र सूचनाको बिनिमय बिना असम्भव हुन्छ ।
सञ्चारलाई बिभिन्न दृष्टिबाट हेरिएको छ । यी सबै दृष्टिकोण कुनै न कुनै रुपमा सामाजिक परिवर्तनसँग सम्बन्धित छन् । सूचना साझेदारी वा सन्देश आदान प्रदान प्रक्रिया, मानव क्रियाकलाप, ज्ञानको एक विधा, एक पेशा, एक उद्योग आदि दृष्टिकोणहरु हुन् । सञ्चार एउटा प्रक्रिया हो । यो प्रक्रिया पूर्णतया समाजिक परिवर्तनसँग सम्बन्धित छ । जसका आफ्नै पूर्वसर्तहरु बिद्यमान् छन् । साझा सञ्चार वातावरण, प्रेषक र प्रापकबिच सहकार्य, माध्यमको चयन, संदेश वा सूचनाको उपयुक्त संकेत वा अभिव्यञ्जन र प्रतिसंकेतन वा बोध, अपेक्षित प्रतिक्रियाको प्राप्ति यी आदि कारणले नै सामाजिक परिवर्तन हुन पुग्छ ।
एक ठाउँको खबर अर्को ठाउँमा पु¥याउन तथा जनसमुदायलाई कुनै सूचना दिनका लागि प्राचिन कालमा कुनै व्यक्ति विशेषलाई जिम्मा दिइने कटुवालप्रथा रहेको थियो । साथै मानिसहरुको ध्यानाकर्षण गर्नका लागि ढोल, दमाहा, नगरा, झ्याली बजाउने प्रचलन रहेको थियो । परेवा तथा घोडालाई तालिम दिई एक ठाउँको खबर अर्को ठाउँमा पुर्याउने कार्यमा तिनीहरुको प्रयोग समेत गरिन्थ्यो । हाम्रो देशमा पृथ्वीनारायण शाहले नेपालको एकीकरणको बेलामा गन्धर्व (गाइने) हरुको माध्यमबाट राष्ट्रिय एकताको सन्देश प्रभावकारी तवरले प्रवाह गरेका थिए । लोक सञ्चार माध्यम अन्तर्गत अझै पनि गित संगितमार्फत, सत्यनारायणको पूजा, तीज, आदि पर्वहरुमा गित तथा स्लोक मार्फत सन्देश प्रवाह गरिँदै आएको छ ।
सूचना लेखि सार्वजनिक स्थालमा टाँसेर पनि जनसमुदायलाई सूचित गर्ने प्रयास गरिन्थ्यो । यसैगरी मठ मन्दीरहरुमा काष्ठ कलाको प्रयोग गरी, ढुंगामा शिलालेख लेखि सन्देश दिने हाम्रो पुरानै सञ्चार शैली हो । यी सबै सञ्चारका परम्परागत वा पुराना तरिकाहरु हुन् । आधुनिक मानव समाजमा नयाँ नयाँ प्रविधिसँगै सञ्चारका साधनहरु पनि विकसित हुँदै गए ।
आज हामीसँग सञ्चारका लागि पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन, समाजिक सञ्जाल जस्ता साधन रहेका छन् । भू उपग्रह, उपग्रह, कम्प्युटर, अप्टिकल फाइबर, आदिले गर्दा सञ्चार सुविधा पहिले भन्दा अझ बढी छिटो छरितो र सहज समेत बनेको छ । वास्तवमा मानिसले समय र दूरीको अवरोधलाई प्रविधिको उपयोगबाट जित्ने प्रयास गरिरहेको छ । विश्वभरका घटना विवरण तत्काल घरमै बसी बसी हेर्न र सुन्न सकिएको छ ।  यसरी आपसी सम्पर्क व्यापक मात्रामा हुन सकेकाले बिश्वबन्धुत्व भावनामा समेत बृद्धि भई विश्वग्राम (ग्लोबल भिलेज) को अवधारणालाई बल पुगेको छ र सार्थकता पनि भएको छ ।

सञ्चार क्षेत्रमा भएका नयाँ नयाँ परिवर्तनले हरेक देशको संस्कृतिमाथि प्रभाव पारिरहेको छ । सञ्चार साधनको उपलब्धताले मानिसको दिनचर्या नै बदलिएको छ । आजभन्दा केही बर्ष अघि र अहिलेको मात्रा तुलना गर्ने हो भने पनि यो परिवर्तन स्पष्टसँग देखिन्छ । सञ्चारमाध्यमको ब्यवसायिक पक्षले पनि आधुनिक मानव समाजमा ठूलो महत्व पाएको छ । सञ्चारकै कारण असिमित रोजगार प्राप्त भएको छ । वर्तमान युगमा सूचना नैं वास्तबिक सम्पत्ति हो । सञ्चारलाई जीवनपद्धती नबनाई सुखै छैन ।  पत्रकारिता र आमसञ्चार माध्यमको विकासक्रमसँगै विकास पत्रकारिताको पनि सुरुआत भयो । यालन चक्लीलाई विकास पत्रकारितको पिता मानिन्छ । उनले विकास पत्रकारिता सम्वन्धी आफ्नो धारणा यसरी ब्यक्त गरेका छन्, ‘विकासबारे आमसञ्चारका माध्यहरुले लेख्ने प्रक्रिया प्रारम्भिक चरणमा छ । पत्रपत्रिका, रेडियो, टेलिभिजन आदि माध्यमले विकास सम्बन्धी गतिविधिले राजनीति, अपराध, र यौनपछिको चौथो स्थान पाएको छ ।’
चक्लीको यो भनाइ नेपालका अधिकांश मिडियामा लागू हुन्छ । विकास सञ्चार नेपाली मिडियाको सबैभन्दा अन्तिम विकल्प भएको छ । ‘विकासका लागि सञ्चार’ भन्ने मूल नाराकासाथ स्थापना भएको नेपाल टेलिभिजनले पनि जो सरकारमा जान्छ उसैको गुणगान गाउन छोडेको छैन ।  नेपालमा विकास सञ्चार सुरु भएको ठिक मिति यही हो भन्न त गहे छ । तर पनि बि.सं २०४८ सालमा राष्ट्रिय सञ्चार योजना लागू भएपछि विकासको लागि सञ्चार भन्ने नारा घन्कियो । आमसञ्चारका मध्यमद्वारा सरकारका विकास गतिबिधिको प्रचारप्रसार गर्ने उक्त सञ्चार योजनाको उद्देश्य रहेको थियो । भारतदत्त कोइरालाले गोरखापत्रमा आफु सम्पादक रहँदा विकास सञ्चारको अभ्यास गराएका थिए । गोरखापत्रको ‘गाउँघर’ स्तम्भ त्यतिबेला निकै लोकप्रिय र चर्चित बनेको थियो । जसका लागि पत्रकार किशोर नेपाल राजधानी नजिकैको धादिङ जिल्लाका गाउँ गाउँ घुमेर विकास सम्वन्धी समाचार खोजि गर्थे ।

नेपालमा सञ्चार कसका लागि भन्ने प्रश्न निकै उठ्ने गरेको छ । विकास प्रक्रियामा सञ्चार र सञ्चारकर्मीको भुमिका कस्तो हुने भन्ने स्पष्ट व्यबस्था छैन । प्रायः नेपालका सञ्चार माध्यमहरु सुगम क्षेत्रका शहरी, बुद्धिजिवीहरु, शिक्षित एवम् धनीमानीहरुको पहुँचभित्र छ । अधिकाँश विद्युतीय माध्यम सहर केन्द्रित छन् । काठमाडौंबाट प्रकासन र प्रसारण हुने अधिकांश मिडियाको पहुँच गाउँसम्म छैन । स्थानीय मिडियाले स्थानीयका आवाज बोलिरहेका त छन् तर तिनीहरुपनि न्यून गुणस्तर तथा सामाग्रीमा काठमाडौं केन्द्रित नै छन् । पत्रपत्रिका, रेडियो टिभि र अनलाइन ग्रामिण क्षेत्रको झलक दिने सामग्री अत्यन्त न्यून मात्रमा पाइन्छ ।

सामुदायीक भावनाबाट खुलेका अधिकांश नेपाली एफएम प्रसारणहरु व्यबसायीक जस्ता देखिन्छन् । तैपनि ग्रामीण सञ्चारलाई थेग्ने काम चाहिँ यिनै स्थानीय मिडिायाले गर्दै आएका छन् ।  तर यतिबेला संविधानको प्रस्तावनमामै उल्लेख भएको पूर्णं प्रेस स्वतन्त्रता कायम गर्��का लागि र खोसिन लागेको सूचनाको हक जोगाउनका लागि आम नेपाली पत्रकारहरु आन्दोलित छन् । नेपाल पत्रकार महासंघलगायत देश तथा बिदेशमा रहेका पत्रकारका बिभिन्न संघ, संस्था, संगठन र पत्रकारहरु फौजदारी संहिताको स्वतन्त्र प्रेस बिरोधी दफाहरु खारेज गर्नका लागि सरकारलाई ज्ञापन पत्र बुझाउँदै संघर्षका कार्यक्रम घोषणा गरी अघि बढि रहेका छन् । यद्यपी सरकारले संहितामा उल्लेख गरिएका बुँदा सच्याउन र पूर्ण प्रेस स्वतन्त्रता कार्यान्वयन गर्नका लागि पत्रकार देवप्रकाश त्रिपाठीको संयोजकत्वमा एक समिति गठन गरेको छ । उक्त समितिले गर्ने कार्य भने हेर्न बाँकि छ ।  samabeshi@gmail.com

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2018
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31