बिहिबार, बैशाख १३, २०८१

सिचाइ बाधका कारण प्रमुख सडक डुबानमा, आवत जावतमा समस्या

  • धर्मेन्द्र कुमार यादव

गौशाला,महोत्तरी /असोज १२, महोत्तरीको सोनमा गाउपालिका ६ मगर थाना स्थित रुपनी खोलामा सुन्दर पुर जाने मुल बाटो सिचाइ बाधका कारण डुबानमा परेको छ। गाउँ भन्दा दक्षिन रुपनी खोलामै सिचाइ को लागि बाध बाधिएको कारन सडकमा पानी जमेको छ, पानी जमेकै कारण ले मुल सडकमा समेत आबत जाबत गर्न धेरै कठिनाइ भएको छ।

सुन्दर पुर, गौशाला जाने मुल सडक मा प्रत्येक दिन हजारौ को सख्यामा मानिस हरु आबत जाबत गर्ने गरेको छ, नदिमा करिब २०-२५ फिट पानी जमेको छन। आबत जाबत गर्नको लागि काठको सानो पुलको साहारामा मानिसहरु आफ्नो किमती ज्यान जोखिममा राखेर यात्रा गर्ने भएको छ, काठको पुल माथी पनि १ फिट पानी जमेको छ।

मगर थाना बाट सुन्दरपुर ३ कि. मि.मात्र रहेको बाटो पानी जमेको कारन जयपुर, फुलकाहा हुदै ७ कि.मि. लामो बाटो प्रयोग गर्न बाध्य भएको छ,सानो लापरबाही का कारण धेरै ठूलो दुर्घटना हुन सक्ने स्थानिय गगन यादव को भनाइ रहेको छ। आगामी ५ बर्ष भित्रमा कुनै पनि गाउमा बिकास गर्न ठाउँ मिल्ने छैन, रुपनी खोला को पुल छिटो भन्दा छिटो आबत जाबत गर्ने योग्य बनाउने छु सोनमा गाउपालिका   प्रमुख राज कुमार यादबले बताएका छन।

 बिकासको सम्पूर्ण अधिकार स्थानिय सरकारको भए पनि यसमा कुनै चासो देखाएको छैन। चुनावको बेला भाषण जवाजी गर्ने  तर  काम पर्दा   भागी भागी हिड्ने  गरेको    स्थानियको आरोप रहेको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।