शुक्रबार, चैत्र १६, २०८०

साहित्यकार लेकाली सम्मानित

काठमाडौं असोज ५ , अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र महिला गीतकार संघ नेपालले आज राजधानीमा एक विशेष कार्यक्रमकावीच साहित्यकार राधेश्याम लेकालीलाइ सम्मान गरेको छ ।

 प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती लगायत दर्जनौ वरिष्ठ साहित्यकारको उपस्थितीरहेको  उक्त कार्यक्रममा साहित्यकार लेकालीलाइ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय समितिको सम्पन्न निर्वाचनमा पहिलोपटक नेपालबाट अत्यधिक मतका साथ विजयी हुनु भएकोमा बधाइ ज्ञापन गर्दै उहाँलाइ सम्मानीत गरिएको हो ।

 कार्यक्रममा अनेसास नेपाल च्याप्टरका कावा अध्यक्ष एवम् प्राज्ञ उन्नती बोहरा शीला तथा महिला गीतकार संघ नेपाल अध्यक्ष अस्मिता भण्डारीले साहित्यकार लेकालीलाइ सम्मान पत्रसहित उहाँको कार्यकाल सफलताको लागि बधाइ ज्ञापन गर्नु  भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।