बिहिबार, बैशाख १३, २०८१

संघीयताको विरोध नर्गन १० करोडको लोभ देखाइएको नेता केसीको खुलासा

 काठमाडौं भाद्र २९, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सङ्घीयताको विरोध नगर्न भन्दै आफूलाई तत्कालीन समयमा रु १० करोडको लोभ देखाइएको खुलासा गर्नुभएको छ ।  अध्यक्ष केसीले पार्टीकेन्द्रीय सदस्य मनोज भट्टकाका पिताजीको स्मृति सभालालाइ सम्बोधन गर्दै विहिवार धनगढीमा यस्तो खुलासा गर्नुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै समाचारमा अध्यक्ष केसीले नेपाल जस्तो देशले सङ्घीयता धान्नै नसक्ने भन्दै जुनसुकै सभासमारोहमा बताउँदै संघीयताको विरोध गर्दै गरेको अवस्थामा पहिले ज्यानमार्ने धम्की र त्यसपछि यस्तो प्रलोभन दिईएको बताउनु भएको जिकिर गरिएको छ । तर मइले विगतमा जे भने आज पनि त्यहि भन्दैछु नेपाली भुगोलले किमार्थ संघीयता झेल्न सक्दैन यहाँको भुगोलका लागि  प्रजातान्त्रिक विकेन्द्रीकरणको आधारमा जनतालाई अधिकार सर्वस्वीकार्य हुने विचार व्यक्तगर्नु भएको र यहिनै पार्टीको बटम लाइनभएको धारणा अभिव्यक्त गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।