शनिबार, बैशाख ८, २०८१

राष्ट्रिय पर्व इन्द्रजात्रा अन्र्तगत आज नानीचाःया जात्रा मनाइदै

 काठमाडौं असोज १२ , उपत्यकाको ऐतिहासिक एवम् राष्ट्रिय पर्व इन्द्रजात्रा अन्र्तगत आज नानीचाःया जात्रा मनाइने भएको छ। आज अपरान्ह श्री कुमारी, भैरव र गणेशको रथ रथलाई प्याफल, यट्खा, नरदेवी हुँदै किलागल, भेंडासिंह, इन्द्रचोक, मखन हुँदै कमारी घरमा पुर्‍याइन्छ ।

नानीचाःया जात्रा सके लगत्तै जिवित देवी श्री कुमारी श्री भैरव र श्री गणेश लाईविधिपूर्वक घर भित्र्याइन्छ । त्यसपछि राष्ट्रप्रमुखबाट कुमारी घर पुगेर गणेश, कुमारी र भैरवको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गर्नुेपरम्परा रहिआएको छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिंगो ठड्याइएपछि सुरु भएको जात्रा एकसाता सम्म मनाइने गरिन्छ । त्यस्तै नानीचाःया जात्राको अन्तिम दिन लिंगो समेत ढालिन्छ ।

पौराणिक कथाअनुसार आफ्नी आमालाई वसुन्धराको व्रतका निम्ति पूजा सजाउन स्वर्गलोकका इन्द्र काठमाडौं आएका थिए । अरूको बारीमा गएर पारिजातको फूल टिप्न लाग्दा तिनलाई चोर भनी नियन्त्रणमा लिएर डोरीले पाता कसी बीच सडकमै जात्रा गरेको दिनमा इन्द्रजात्रा मनाउने गरेको लोक कथन छ । त्यस बन्धनबाट मुक्त गराउन इन्द्रकी आमा स्वयं काठमाडौं आएर छोराको बदलामा कुहिरो दिने वाचा गरी इन्द्रलाई फर्काएर लगेको मान्यता रहि आएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।