बुधबार, बैशाख १२, २०८१

यो वा त्यो वहानामा उपभोक्ता ठग्नेलाइ कडा कारवाही : आपूर्तिमन्त्री यादव

काठमाडौं असोज १२ , वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले ऐन तथा नियमको परिधिभित्र रहेर नाफा आर्जन गर्न पाइन्छ, गुणस्तरीय सामग्री बिक्री वितरण गर्न पाइन्छ तर यो वा त्यो वहानामा उपभोक्तालाई ठग्ने छुट कसैलाइ पनि नभएको बताउँनु भएको छ ।सरकारले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयोजनमा आसन्न् वडा दशै, दिपावली र छठ जस्तो महत्वपूर्ण चाडपर्वलाई मध्यनजर गर्दै उपभोक्तालाई सहुलियत मूल्यमा उपभोग्य सामग्री उपलब्ध गराउन आजबाट सञ्चालनमा ल्याईएको एकीकृत सहुलियत मूल्यको पसल उद्घाटन गर्दै मन्त्री यादवले यस्तो अभिव्यक्ति दिनु भएको हो ।

त्यस्तै उहाँले चाडपर्वको मुखमा कालोबजारी नगर्न , गुणस्तरीय सामग्री बिक्री वितरण गर्न र उपभोग्य सामानको कृत्रिम अभाव सिर्जना गरेर मूल्यवृद्धि गर्ने प्रवृत्ति निरुत्साहित गर्ने जो कोहिव्यापारि विरुद्ध पनि सरकार कडारुपमा प्रस्तुत हुने समेत बताए । साथै कसैले कृत्रिम अभाव, कालोबजारी र मूल्यवृद्धि गरेको पाइए सम्बन्धित निकायमा खबर गर्नुस्, आम उपभोक्ताको साथमा सरकार रहेको बताउँदै आसन्न पर्वको शुभकामना समेत दिनु भएको छ ।

विसं २०६६ देखि जनतालाई सहुलियत मूल्यमा उपभोग्य सामग्री उपलब्ध गराउन सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको जानकारी सहित यसपटक पनि नेशनल ट्रेडिङ लिमिटेड, नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेशन, दुग्ध विकास संस्थानलले संयुक्तरुपमा सञ्चालनमा ल्याइएको उक्त सहुलियत दरको पसल सञ्चालन कार्यक्रममा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले मुलुकभर ४७ स्थानमा सहुलियत मूल्यको पसल सञ्चालनमा ल्याइएको जानकारी दिदै उपत्यकामा तीन वटा ‘मोबाइल भ्यान’ मार्फत पनि सहुलियत दरमा उपभोग्य सामग्री उपलब्ध गराइने जानकारी दिनु भएको छ ।
साथै उद्घाटन कार्यक्रममा साल्ट ट्रेडिङ कर्पोरेशनका महाप्रबन्धक उर्मिला श्रेष्ठ लगायतले आफ आफ्नो संस्थानबाट सहुलियत मूल्यका पसलमा प्राप्त हुने छुट सम्बन्धी जानकारी दिनु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।