शुक्रबार, चैत्र १६, २०८०

यस्तो थियो ठमेल कार्निभल’ (फोटो फिचर)

काठमाडौ असोज १२,  विश्‍व पर्यटन दिवसको अवसरमा राजधानीको पर्यटकयि क्षेत्र ठमेलमा ठमेल पर्यटन विकास परिषद्ले ‘ठमेल कार्निभल‘को आयोजना गरिएको छ।  कार्निभल‘को  बिहीबार  पर्यटनमन्त्री रबिन्द्र अधिकारीले त्रिदेवी मार्गमा औपचारिक उद्घाटन गर्नु भएको  थियो ।
उल्लेख्य सङ्ख्यामा स्वदेशी सर्वसाधारण तथा विदेशी पर्यटकको घुइचो रहेको प्रस्तुत महोत्सव मुलत नेपाललाई विश्वभर चिनाउने  उद्देश्यले  आयोजना गरिएको महोत्सवका अतिथिलाई ठमेल परिक्रमा गराइएको  थियो । 

 महोत्सवको क्रममा ठमेलका नरसिंह चौक, सातघुम्तीलगायत मुख्य सडकमा विविध सांस्कृतिक कार्यक्रमको   आयोजना  सहित  विभिन्‍न भेषभूषामा सजिएको ठमेल कार्निभलमा पर्यटकहरु औधि रमाएका थिए ।  यसैक्रममा कान्तिपुर हटलाइनका फोटो पत्रकार त्रिरत्न महर्जनले खिचेका तस्बिरहरु यस्तो रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।