शनिबार, बैशाख ८, २०८१

महासङ्घद्वारा दोस्रो चरणको दबाबमूलक कार्यक्रमको घोषणा

 काठमाडौ भाद्र ३१,  नेपाल पत्रकार महासङ्घले गत भाद्र १ गतेदेखि लागू भएको मुलुकी फौजदारी संहितार देवानी संहितालगायतका ऐनमा रहेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कानूनी प्रावधान संशोधनका लागि दबाब सिर्जना गर्न दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।  महासङ्घका महासचिव रमेश विष्टद्दारा जारी विज्ञप्तिमा आगामी असोज १० गतेदेखि कात्तिक १५ गते सम्मका लागि विभिन्न दवाव मुलक कार्यक्रम घोषणा गरिएको उल्लेख गरिएको छ । साथै विज्ञप्तिमा महासङ्घले सञ्चार मन्त्रालयले ऐनमा रहेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कानूनी प्रावधानको पहिचान र संशोधनका लागि आवश्यक सुझाव दिन कार्यदल गठन गरेको कार्यलाई सकारात्मक रुपमा लिएको छ । 

 घोषितत कार्यक्रम अनुसार असोज १० गते सरकारद्वारा गठित कार्यदल र विज्ञसँग छलफल गर्ने, असोज १७ गतेदेखि २३ सम्म फौजदारी र देवानी संहिताले प्रेस स्वतन्त्रतामा पार्नसक्ने असरका बारेमा सञ्चार प्रतिष्ठानमा गई छलफल तथा अन्तक्र्रिया कार्यक्रमको आयोजना गर्ने प्रदेश, जिल्ला, प्रतिष्ठान र एसोसिएटले अन्तक्र्रियात्मक दबाबका कार्यक्रम सञ्चालन गर्ने तथा शाखाको साधारणसभामा पनि संहिता संशोधनका विषयमा छलफल चलाउने

त्यस्तै असोज २५ गते–सञ्चारमाध्यम र समाजिक सञ्जालमा महासंघले तयार पारेको ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर’ ‘मुलुकी ९देवानी र फौजदारी० संहिता ऐन संशोधन गर’ भन्ने नारा प्रकाशन र प्रसारण गर्ने ।ड्ड कात्तिक १५ गते – संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई मुलुकी (देवानी र फौजदारी) संहिता ऐन संशोधनका बारेमा पुनः स्मरण गराउने ।  त्यस्तै डेढ महिनाको अवधिभर प्रदेश, जिल्ला, प्रतिष्ठान र एसोसिएटले अन्तक्र्रियात्मक दबाबका कार्यक्रम सञ्चालन गर्ने तथा शाखाको साधारणसभामा पनि संहिता संशोधनका विषयमा छलफल चलाउने लगायतका कार्यक्रम रहेका छन । त्यस्तै विज्ञप्तिमा घोषित दबाबमूलक कार्यक्रमलाई सफल बनाउन महासङ्घले आमपत्रकार, नागरिक समाज र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरसँग आह्वान गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।