बिहिबार, बैशाख १३, २०८१

भक्तजनको सुविधालाइ दृष्टिगत गर्दै पशुपतिनाथ मन्दिरमा लकर र विद्युतीय टेम्पो सञ्चालन

काठमाडौ असोज १४,  आराध्यदेव पशुपतिनाथको दर्शनार्थ आउँने भक्तजनको सुविधालाइ दृष्टिगत गर्दै पशुपति क्षेत्र विकास कोषले माछापुच्छे बैंकसँगको सहकार्यमा लकर’ सेवा र मन्दिरमा दर्शनको लागि आउँने अशक्त, वृद्धवृद्धालाइ समेत पशुपतिको दर्शनमा सहजता प्रदान गर्ने लक्ष्य सहित दुईवटा विद्युतीय टेम्पो समेत सञ्चालनमा ल्याएको छ ।

कोषका अनुसार यो सेवाको सञ्चालन संगै अव मन्दिरमा जाँदा मोवाइल लगायतका बहुमुल्य सामान चोरी हुँने वा हराउँने भयबाट मुक्त हुनुको अलावा नि शुल्क रुपमा लकरमा राख्न सकिने कोषले जनाएको छ ।

कोषका अनुसार तत्काललाइ बैंकले ५१० लकर उपलब्ध गराउँनुको साथै आज एक कार्यक्रमकावीच लकरको साँचो समेत कोषलाइ हस्तान्तरण गरेको र भुवनेश्वरी मन्दिरस्थित बरुणधारामा लकर सेवा  सञ्चालनमा  ल्याईएको जनाएको छ । लकर सेवा माछापुच्छे बैंकसँगको सहकार्यमा र विद्युतीय टेम्पा भने लक्ष्मी बैकको सहकार्यमा सञ्चालनमा ल्याईएको हो । यसैवीच महाभूकम्पका कारण क्षतिग्रस्त भएको पशुपतिस्थित कुलानन्द झा सत्तल, शङ्कराचार्य मन्दिर , घ्याम्पेपाटी पुनःनिर्माण पछि आजैबाट सञ्चालनमा ल्यााईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।