शनिबार, बैशाख ८, २०८१

बार्षिक उत्सबको अवसरमा वृहत रक्तदान

 काठमाडौं भाद्र २३ साल्ट टेडिङ कर्पोरेशनले आफ्नो स्थापनाकालको ५६ औं बार्षिक उत्सब आगामी भाद्र २७ गते एक भव्य कार्यक्रमकावीच मनाउँदै छन । जस्तोसकै विषम परिस्थतीमा पनि उपभोक्ताको सेवामा ५ दशक भन्दा लामो समय व्यतित गर्दै सर्वसाधारण एवम् जनताको विस्वास जित्दै आएको साल्ट ट्रेडिङगले आफेनो स्थापना दिवसको साप्तहि कार्यक्रम अन्र्तगत गत शुक्तवार वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

(साल्ट टेडिङ कर्पोरेशनका महाप्रबन्धक सहित विभिन्न सञ्चारमाध्यमा आवद्ध सञ्चारकर्मी )

मृगौला रोग समाज नेपालको सहयोगार्थ आयोजित उक्त रक्तदान कार्यक्रममा कर्पोरेसनका कर्मचारी स्थानीय र सञ्चारकर्मीहरुले रक्तदान गर्नुभएको थियो ।

आजपर्यन्त आम नेपाली उपभोक्ता समक्ष विश्वसनीय र आकर्षक सस्थाको रुपमा आफुलाइ उभ्याउँन सफल प्रस्तुत संस्थाले महाभूकम्पको समय होस वा मधेस आन्दोलन र भारतीय अघोषित नाकाबन्दीको समयमासमेत उपोक्ताहरुलाइ सहजरुपमा एसटिसी एलपीजी ग्यास लगायतका खाध्यान्न विक्रीवितरण गर्दै उपभोक्ताको सेवामा प्राइभेट पब्लिक पार्टनरसिपको अवधारणा अनुरुप समर्पित भइ गरेको कार्य सम्पादन आज हरेक सेवाग्राहीको दिलो दिमागमा ताजै रहेको अवस्था छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।