शुक्रबार, बैशाख ७, २०८१

पत्रकार बस्नेतलाई विनाशर्त रिहा गर्न माग

 काठमाडौ भाद्र २६ , नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले पत्रकार महासंघ ललितपुर शाखाका सभासद् एवं खोजतलास डटकम सम्पादक राजु बस्नेतलाई अदालतको आदेश भन्दै प्रहरीले पक्राउ गरेको घटनाप्रति आफनो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सोमबार प्रदेश समितिका महासचिब श्रीजन झाद्दारा जारी विज्ञप्तिमा  समाचार प्रकाशित गरेकै आधारमा सोमबार विहान पक्राउ परेका सम्पादक बस्नेतलाई विनाशर्त रिहा गर्दै प्रसको संवैधानिक अधिकारको सम्मान गर्न गर्न प्रदेश समितिले माग गरेको हो ।

यसैवीच समाचार प्रकाशित गरेकै आधारमा सोमबार विहान पक्राउ परेका खोजतलास साप्ताहिक तथा खोजतलास डटकमका प्रधानसम्पादक राजु बस्नेतलाई विनाशर्त रिहा गर्न नेपाल प्रेस युनियनले माग गरेको छ । अदालतको आदेश लिएर प्रहरीले बस्नेतलाई प्रहरीले विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान गर्ने भनी काठमाडौं जिल्ला अदालतबाट २०७५।०५।२४ गते पक्राउ पुर्जीका लागि आदेश लिएर पक्राउ गरेको भन्दै प्रेस युनियनले तत्काल रिहाइको माग गरेको हो ।

मंगलबार नेपाल प्रेस युनियनका महासचिब अजयबाबु शिवाकोटीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, सुचना विभागमा दर्ता भइ प्रेस काउन्सिलमा सुचिकृत भएका कुनै पनि समाचार संस्थालाई समाचार प्रकाशन र प्रसारण गरेकै आधारमा विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा नलगाउने मान्यता विरुद्ध एवं सो ऐनमा आकर्षित नै नहुने विषयमा राज्यसत्ताको चरम दुरुपयोग गरी पत्रकारलाई अनावश्यक दुःख दिने र धरपकड गर्ने पूर्वाग्रही सोच र मनसाय प्रति युनियनको गम्भीर ध्यानाकर्षण भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।’

 त्यस्तै विज्ञप्तिमा कानुनी उपचार हुँदाहुँदै संचारकर्मीलाई पक्राउ गर्ने र विद्युतीय कारोबार ऐन मुद्दा चलाउनेजस्ता गैरजिम्मेवारीपूर्ण र आपत्तिजनक घटनाले सिंगो नेपाली प्रेस तथा प्रेस स्वतन्त्रतामाथिको नाङ्गो आक्रमण भएको जनाउँदै एकपछि अर्को गर्दै विभिन्न वहानामा वा विचार, सिद्धान्त र आस्था नमिलेकै आधारमा संचारकर्मी र संचारमाध्यममाथि सरकारले गरिरहेको दमन, विभेद र पक्राउजस्ता अत्यन्तै आपत्तिजनक घटनाको युनियन निन्दा गर्दछ, विज्ञप्तिमा भनिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2018
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31