शुक्रबार, बैशाख १४, २०८१

छोरी,चेलीको सुरक्षाका लागि राज्यले तत्काल यथोचित सुरक्षाको प्रवन्ध गर्नुपर्छ : उपप्रमुख श्रेष्ठ

 काठमाडौं असोज ६ , सेवाही परोधमो धर्म भन्ने मनोभावका साथ स्थापित लोक कल्याण सेवा प्रतिष्ठानको आज एक कार्यक्रमकावीच आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको विधिवत सुभारम्भ गर्दै प्रमुख अतिथी श्रेष्ठले पछिल्लो समय समाजमा बढ्दो महिला हिंसा एवम् यससंग सम्बन्धी वलात्कार लगायतका यावत घटनाप्रति चिन्ता व्यक्त गर्दै  छोरी , चेलीको सुरक्षाका लागि राज्यले तत्काल यथोचित सुरक्षाको प्रवन्ध  गर्नुपर्ने बताउनु भएको छ ।  साथै  उहाँले महिला हक अधिकारको लागि आफ्नो तर्फबाट सक्दो सहयोग हुने प्रतिवद्धता व्यक्त गर्दै आधा आकास ओगेटेकी महिलालाइ कार्यकारी नवनाइन्जेल विकासको मार्ग पहिल्याउँन सहज वातावरण बन्न नसक्ने समेत बताइन ।

कार्यक्रममा सस्थाले समाजमा बढ्दो वलात्कार, करणी ,हत्याहिंसा लगायत वालवालिकाको दुराअवस्थाप्रति चिन्ता व्यक्त गर्दै संस्थागत रुपमा प्रतिष्ठानले भरपुर महानगरपालिका वडा १ देवघाटमा रामजानकी   वालिकाआश्रम सञ्चालन गर्दै ३७ जना विभिन्न खालका उत्पिडनवाट पिडित वालवालिकालाइ आश्रय प्रदान गर्दै आइरहेको संस्थाकी केन्द्रीय कोषाध्यक्ष इन्दिरा खड्काले जानकारी दिइन ।

त्यस्तैगरी प्रतिष्ठानका महासचिव रामेश्वर खनालले संस्थाका भावी कार्यक्रमको समेत रुपरेखा प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा केन्द्रीय कोषाध्यक्ष इन्दिरा खड्काले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संस्थाका अध्यक्ष नेपालीमाता सावित्री तण्डनको सभापतित्वमा भएको सभामा धार्मिक अभियन्ता धर्मराज गौतम लगायतका वक्ताले संस्थाको प्रगतिका लागि शुभकामना अभिव्यक्ति दिनु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।