शनिबार, बैशाख ८, २०८१

गोदावरी नगरमा आधारभूत तहको शिक्षा सुनिश्चित भएको घोषणा

   ललितपुर  भाद्र ३१ , गोदावरी नगरपालिकाले आफ्नो नगरपालिकामा विद्यालय जाने उमेर समुहका बालवालिकाहरु विद्यालय बाहिर नरहेको प्रतिवेदनको सार्वजनिक गर्दै आधारभूत तहको शिक्षा सुनिश्चित भएको घोषणा गरेको छ ।   जिल्ला समन्वय समितिका संयोजक श्री अम्बरबहादुर खड्काको प्रमुख आतिथ्यता सम्पन्न उक्त कार्यक्रममा गोदावरी नगरपालिकाभित्र एकिकृत शैक्षिक क्यालेण्डर लागु गर्दै आगामी दिनमा आधारभूत तहको शिक्षाको दिगोपना र निरन्तरताका लागि प्रतिवद्धता समेत जाहेर गर्दै २०७५ चैत्र भित्र बालमैत्री स्थानीय शासन घोषणा गर्नेे लक्ष्य लिएको जानकारी दिइएको छ । 

नगर प्रमुख गजेन्द्र महर्जनले स्थानीय विद्यालयलाइ विभिन्न राजनितिक दलिय गुटको आधारमा नभई विद्यार्थीको भविष्यमा चिन्तित रहन निर्देशन दिनुभएको उक्त कार्यक्रममा शिक्षाबाट कुनै पनि बालवालिका बञ्चित हुनुनपर्ने र नगरको विकट क्षेत्रमा आफैं अनुगमन र भ्रमण गदै भर्ना अभियानको नतिजाले घोषणा गर्न सफल भएको नगर उप प्रमुख मुना अधिकारीले बताउनुभएको थियो ।

त्यस्तै नगर शिक्षा अधिकृत देविलाल बिष्टले सम्पुर्ण सरोकारवालालाई धन्यवाद दिदै आगामी दिनमा निरन्तरता र दिगोपनाको लागि चुनौति रहेको र यसमा सबैको साथ आवश्यक रहेको बताउँनु भएको उक्त कार्यक्रममा शिक्षा विकासका तथा समन्वय एकाइ ललितपुरका एकाइ प्रमुख गुणराज पोखरेल लगायतले वोल्नु भएको थियो भने कार्यव्रmममा नगरमा स्थायी बसोवास गर्ने विद्यावारिधि गर्नुभएका ब्यक्ति लगायत शिक्षा क्षेत्रमा योगदान दिनुभएका व्यक्तित्व र सहयोग गर्ने विभिन्न गैर सरकारी संस्थाहरुलाई समेत सम्मान गरिएको थियो ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।