शुक्रबार, चैत्र १६, २०८०

गैर न्यायीक सडक विस्तार विरुद्ध प्रम ओली विरुद्ध न्यूयोर्कमा प्रदर्शन

सडक विस्तार कार्य नरोके यस विषयलाई अन्तराष्ट्रियकरण गर्दे अन्तराष्ट्रियरुपमा दवाब दिने चेतावनी

काठमाडौं असोज १२ , काठमाडौं उपत्यका सहित देशका विभिन्न ठाउँमा भइरहेको गैर न्यायीक सडक विस्तार विरूद्ध न्यूयोर्क स्थित संयुक्त राष्ट्रसंघको भवन अगाडि त्यहाँ स्थित नेपालीहरुले विरोध प्रदर्शन गरेका छन् ।  संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गरिरहेकै समयमा नेपालीहरुले बाहिर करिब चार घन्टा विरोध प्रदर्शन गरेका हुन् । अमेरिकी नेपाल आदिवासी जनजाति महासंघ, युनाइटेड प्रेसर एन्ड प्रोटेस्ट ग्रुपलगायतका संघ–संस्थाहरुले गैर न्यायीक सडक विस्तार विरुद्ध विरोध प्रदर्शन गरी संयुक्त राष्ट्रसंघको महासभामा ध्यानाकर्षण समेत गराएका छन् ।

अन्तर्रा्ष्ट्रिय श्रम संगठन (आइएलओ)ले सडक विस्तारका सम्बन्धमा नेपाल सरकारविरुद्धको मुद्दा प्रक्रिया अघि बढाएको अवस्थामा महासभामा प्रधानमन्त्री ओलीले भाग लिन नैतिकरुपले नमिल्ने भन्दै नेपालको संवैधानिक अधिकार, अन्तराष्ट्रिय कानुन र सर्वोच्च अदालतको फैसला पालना गर्न उनीहरुले माग गरेका थिए । सडक विस्तार कार्य नरोके यस विषयलाई अन्तराष्ट्रियकरण गर्दे अन्तराष्ट्रियरुपमा दवाब दिने चेतावनी समेत उनीहरुले दिएका थिए ।

सरकारले गैरन्यायिक तरिकाले काठमाडौं उपत्यकामा सडक विस्तार गरी अन्तराष्ट्रिय महासन्धि र धारा १६९ को उल्लंघन गरेको भन्दै आइएलओले सरकार विरुद्ध मुद्दा अघि बढाई रहेको छ । नेपाल टेलिकम कर्मचारी युनियनले पीडितका तर्फबाट गत २५ जनवरीमा अन्तराष्ट्रिय श्रम संगठनको कार्यालय जेनेभामा सडक विस्तारविरुद्ध सरकारलाई विपक्षी बनाइ मुद्दा हालेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।