बिहिबार, बैशाख १३, २०८१

, गायिका कार्कीको नयाँ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं असोज ९, गायिका सिर्जना कार्कीको स्वरमा रहेको धेरै-धेरै बोलको गीतको म्युजिक भिडियो युटुवमार्फत सार्वजनिक भएको छ ।  यसअघी मनको राजा‘माया’ लगायत सुमधुर गीतबाट श्रोताको अत्याधिक माया पाएकी गायिका कार्कीले यो म्यूजिक भिडियो आफ्नै युटुब च्यानल मार्फत सार्वजनिक गरेकी हुन ।  प्रायः सबै गीतमा कर्णप्रिय सुनिने गायिका कार्की यो रोमान्टिक गीतमार्फत दर्शक तथा स्रोताको मन जितिरहेकी छिन् ।

राजुबाबु श्रेष्ठको शब्द, हरि लम्सालको संगीतको संगीत रहेको म्युजिक भिडियोमा ह्यान्ड टु ह्यान्ड क्र्यूको साथमा सिर्जना आफ्नै अभिनय हेर्न सकिन्छ । उक्त गीतलाई राम कुमार केसीले छायांकन गरेका छन् भने कोरियोग्राफी र निर्देशन राज महर्जनलेले गरेका छन् । गीतमा टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

म्यूजिक भिडियो सार्वजनिक भएसँगै श्रोता र दर्शकको प्रतिकृयाले उत्साहित देखिएका गायिका सिर्जनाले आगामी दिनमा आफ्नो गायनयात्रालाइ  क्रमस निरन्तरता दिने प्रेरणा मिलेको बताउछिन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।