शुक्रबार, चैत्र १६, २०८०

इन्द्रध्वजा ढाले सङगैं सकियो इन्द्रजात्रा

काठमाडौं असोज १२ , उपत्यकाको ऐतिहासिक इन्द्रजात्राका अन्तिम दिन आज जीवित देवी कुमारीको रथ महिलाहरुले तान्दै नानिच:या मनाए सङगैं समापन भएको छ ।

आज अपरान्ह श्री कुमारी, भैरव र गणेशको रथ महिलाहरुले तानेका हो । त्यस पछि कुमारीको रथलाई प्याफल, यट्खा, नरदेवी हुँदै किलागल, भेंडासिंह, इन्द्रचोक, मखन हुँदै कमारी घरमा पुर्‍याइ कुमारी, भैरव र गणेशलाई भित्र्याइएको थियो ।

त्यस्तै हनुमानढोकामा ठड्याइएको इन्द्र ध्वजारोहण गरिएको लिंगो आज राती १० : ३० वजेको साइतमा ढालेर यस वर्षको इन्द्रजात्रा समापन गरिएको हो । यसअघि भाद्र शुक्ल यँलाथ्व द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिंगो ठड्याइएपछि सुरु भएको जात्रा एकसाता सम्म मनाइने गरिन्छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।