शुक्रबार, चैत्र १६, २०८०

आश्मा र सिव आलेले जितिन मिस टिन कलेज र कलेज ह्यान्डसमको शिर्ष उपाधी   

काठमाडौं भाद्र २९, सिजन मिडियाको आयोजनामा पहिलो पटक एउटै मञ्चमा पहिलो चोटी एकैपटक दुइवटा टाइटलका कार्यक्रम
अथाएत मिस टिन कलेजको छैटौं संकरण र कलेज ह्यान्डसम नेपालको पहिलो संकरण सम्पन्न भएको छ ।  विहिवार नाचघर जमलको प्रेक्षालयमा सम्पन्न मिस टिन कलेज तर्फको शिर्ष उपाधी  नर्भिक इन्च्युट अफ नसिङ कलेजमा स्टाफ नर्स अध्ययनरत १८ वर्षिय आश्मा अधिकारीले जितेकी छिन् । भने कलेज ह्यान्डसम नेपाल २०१८को उपाधी तनहुका २४ वर्षिय सिव आले विकेले जित्न सफल भएका छन ।
। उपाधि सँगै दुवै विजेताले थाईल्याण्ड घुम्न जाने अबसर संगै  विभिन्न उपहार र नेपाल एयर होस्टेज एकामडीको तर्फवाट छात्रावृति साथै काठमाडौं इन्फोसीसको तर्फवाट अस्टेलियाको लागि उच्च शिक्षामा अध्ययन गर्न जादा छात्रावृतिको अवसर समेत प्राप्त गरेका टन ।

 यस्तै सो प्रतियोगितामा फस्ट रनरअप ग्लोवल इन्टरनेशनल कलेजकी श्रृषा अर्याल ह्यान्डसम नेपालको तर्फवाट फष्ट रनरअप सुर्दशन श्रेष्ठ, सेकेन्ड रनरअप सरिष्मा ठकुरी र निवोस राज वन्त त्यस्तै  थर्ड रनरअप सचिना थापा , अनमोल प्रधान र फोर्थ रनरअप कविता सुनार र अमिस वुद्धचार्य घोषित भएका छन् ।

त्यस्तै प्रतियोगितामा अर्गनाईजर च्वाईस अवार्ड सुम्निमा राई र नवराज धिमिरे , बेस्ट स्माईल पुञ्जमायाँ बोमजन र रवि तामाङले, फिटनेश अवार्ड अस्मिता उपाध्याय र अनमोल प्रधानले , पर्सनालिटी अवार्ड सृष्टी गौतम र अमिस वुद्धचायैले , वेष्ट ट्यालेन्ट कविता सुनार र आर्दश भट्टराइले र डिसिप्लेनको उपाधि स्नेहा राई र सुवोल रानाभाटले प्राप्त गरे । यस्तै बेष्ट स्किनको उपाधि दीलासा कार्की र टेकवहादुर मगरले, फोटोजेनिक अवार्डको उपाधि सचिना थापा र निवोस राज वनतले, फ्रेन्डसिप अवार्डको उपाधि अनिता लामा र सुमीत नगरकोटीले, बेस्ट ड्रेसको उपाधि एलिसा श्रेष्ठ र रोकश केसीले, बेस्ट वाकको उपाधि स्मृती सुनार र राकेश केसीले पाए ।

प्रतियोगितामा लिडरसिपको उपाधि दिक्षिता खड्का र अमिस वुद्धचार्यले, मल्टिमिडियाको उपाधि निहारिका शाही ठकुरी र सुर्दशन श्रेष्ठले, पपुलरको उपाधि समीता आचार्य र सन्नी अछामीले, भिवर्स च्वाईसको उपाधि ओसिन गुरुङ र सिव आले विकले र क्रियटिभ अवार्डको उपाधि इनिसा मुलिक र सुवोलले हाँसिल गरे ।  उक्त कार्यक्रममा निर्णायक मण्डलमा नेपाल एयरलाइनसका वोर्ड डाइरेक्टर अच्युतराज पहाडी,हिसानका उपाध्यक्ष स्वागत श्रेष्ठ,सिजी एजुकेशनका हेड गर्ली अग्रवाल,प्रेश चौतारीका अध्यक्ष गणेश वस्नेत,जुम्वा प्रशिक्षक देवीका राई,सिम्रिक एयरका चिफ एयरहोस्टेज अस्मीता खनाल र सिभिल सेभीङका असिस्टेन्ट एकाउनटेन्ट एलीना तुलाधर रहनु भएको थियो ।तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।