बिहिबार, चैत्र १५, २०८०

आज विश्व मुटु दिवस मनाईंदै ,मटु रोगका कारण मृत्यु हुनेको तथ्यांक आफैमा भयावह

काठमाडौं असोज १३ , आज विश्व मुटु दिवस विभिन्न नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विश्व मुटु महासंघको आह्वानमा सन् २००० को सेप्टेम्बर अन्त्यदेखि यो दिवस मनाउन थालिएको हो । विश्व मुटु संगठनले विश्वमा प्रत्येक वर्ष मुटु तथा रक्तनलीजन्य रोगका कारणले मात्रै १ करोड ७५ लाख मानिसको मृत्यु हुने गरेको तथ्यांक रहेको जनाउँदै सन् २०३० सम्ममा यो रोगबाट मृत्यु हुनेको संख्या बढेर २ करोड भन्दा माथिसम्म पुग्न सक्ने अनुमान गरिएको छ ।

बढ्दो शहरीकरण साथै अस्वस्थ जीवनशैलीका कारण नेपालमा पनि मुटु तथा रक्तनलीजन्य रोगको जोखिमका कारण ४० वर्ष हारीहारीकै युवामा पनि हृदयाघातको जोखिम देखिएको विश्व मुटु संगठनले जनाएको छ । त्यस्तै सूर्तिजन्य पदार्थको बढ्दो सेवन, अस्वस्थ खानपान, शारिरीक परिश्रमको अभाव, मोटोपना, उच्चरक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल, मानसिक तनावलगायतका कारण मुटुसम्बन्धी रोगको जोखिम बढ्ने चिकित्सकहरु बताउँछन् ।  त्यस्तै हामीलाई मुटुरोग लागे नलागेको कसरी पत्ता  यसरी  पत्ता लगाउन सकिने   बताउँछन् ।

मुटुका धेरै रोगहरु हुन्छन् र प्रत्येक रोगका पनि आफ्नै प्रकारका लक्षणहरु पनि हुन्छन्। मुटुरोगका अनगिन्ती लक्षणहरु मध्ये सबैले थाहा पाइराख्नुपर्ने १२ वटा प्रमुख लक्षणहरु रहेको  चिकित्सकहरु बताउँछन् ।  जुन निम्नानुसार रहेको  छ ।

 यी हुन मुटुरोगका लक्षण  :   १. छातीको बिचको भाग दुख्नु  २. दम बढ्नु  ३. खुट्टाहरु सुन्निनु  ४. घाटीँको रक्तनली फुल्नु  ५ ओठ, जिब्रो र औंलाका टुप्पा नीलो हुनु         ६. औंलाका टुप्पा बाक्ला , चाक्ला हुनु           ७. टाउको दुख्ने र चक्कर लाग्नु     ८. मुटुको धड्कन रोकिने वा छिटो चल्नु     ९. कफमा रगत देखा पर्नु    १०. जोर्नीहरु दुख्ने, सुन्निने र ज्वरो आउनु   ११. हात, खुट्टा, ओठ आदि झट्का दिदै अनियन्त्रितरुपमा चल्नु    १२. छातीमा हात राख्दा बिरालो कनेको जस्तो थर्केको महसुस हुनु प्रमुख रहेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।