शुक्रबार, चैत्र १६, २०८०

आज मध्यरातबाट संसद् अधिवेशन अन्त्य हुँदै, चिकित्सा शिक्षा विधेयक सहमतिमै सिमित

 काठमाडौ असोज ११ मुलुकको संविधानमा व्यवस्था भएको मौलिक हक कार्यान्वयनका लागि १६ विधेयक पारित गर्दै संसद अधिवेशन आज राति १२ बजेदेखि समापन हुँदैछ । माथिल्लो सदन र तल्लो सदनको आजको बैठकमा सभामुख कृष्णबहादुर महरा त्यस्तै गरि अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले संसद्को दोस्रो अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त पत्र पढेर सुनाउनुभएको थियो ।

 तर यसवीचमा बैकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, पेश गर्दै उक्त विद्यृेयकलाइ मुर्तता दिने सवालमा भएको सहमति भने कार्यान्वयन हुन सकेनन । यसअघि सरकारले डा गोविन्द केसीसँग राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ संघीय संसद्को चालु अधिवेशनबाट पारित गर्ने सम्झौता गरेको थियो । स्मरण रहोस यसअघिनै डा केसील विद्येयक अधिवेशनबाट पारित गर्ने सम्झौता कार्यान्वयन नभएमा १६ औ श्रृखलाको आमरण अनसन सुरु गर्ने बताइ सकेको छ ।

त्यसैगरी यसवीचमा संघीय संसद्को दोस्रो अधिवेशनसँगै राष्ट्रियसभाको वैशाख २३ गते बसेको पहिलो बैठक १३५ दिन सञ्चालन हुने क्रममा राष्ट्रियसभामा उत्पन्न भएका आठ विधेयकमध्ये बालबालिकासम्बन्धी विधेयक २०७५, अपराध पीडितको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ र वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक २०७५ लगायत पाँच विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको संसद सचिवालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।