शुक्रबार, चैत्र १६, २०८०

अबको चुनौति विद्युत् प्रसारण प्रणालीमा सुधार :कार्यकारी निर्देशक

काठमाडौ भाद्र २८ , तराई विकास तथा सञ्चार केन्द्र नेपालले आज राजधानीमा आयोजना गरेको जलविद्युतको क्षेत्रमा हालसम्म भएको उपलब्धि र देखिएका चुनौति विषयक अन्तरक्रिया कार्यक्रमलाइ सम्बोधन गर्दै  विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लामो समयसम्म लोडसेडिङ्गको मारमा परेको नेपाली जनतलाई लोडसेडिङ्गमुक्त गर्न सफल भएसंगै   अबको चुनौति विद्युत् प्रसारण प्रणालीमा सुधार भएको जिकिर गर्नु भएको छ।

त्यस्तै उहाँले यसको लागि यसका लागि प्राधिकरणले आवश्यक गृहकार्यमा रहेको बताउँदै प्राधिकरणले बार्षिक १८ अर्बको बिजुली आयात गरिरहेको छ । ३ अर्बको आयात बढाउँदा यसले नेपाली बजारमा ३ खर्बको योगदान गरेको बताउँनु भएको छ ।

कार्यक्रममा ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरे, सोलार इलेक्ट्रिक एसोसिएसनका किरण नेपाल ,ऊर्जा परामर्शतादा मधुसुदन अधिकारी र सञ्चार केन्द्र नेपालका अध्यक्ष गोविन्द चौलागाईंले हामी जलविद्युत क्षेत्रमा आत्मनिर्भर हुँदै विदेशमा निर्यात गर्ने स्रोत भएपनि विविध कारणले हामीले विदेशमा विद्युत खरिद गर्नुपर्ने दयनीय अवस्था रहेको जनाउँदै यस्तो समस्या समाधान गर्नको लागि आवश्यक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभएको थियो ।