बिहिबार, बैशाख १३, २०८१

अनधिकृतरुपमा प्रश्नपत्र आउट गर्ने विद्यार्थी नेताद्दय जोशी र अधिकारी पक्राउ

 काठमाडौं असोज १४ , नेपाल प्रहरीले अमृत साइन्स क्याम्पसमा अध्यनरत  अनेरास्ववियुका दुई व���द्यार्थी नेता कमलराज जोशी र प्रवीण अधिकारीलाइ पक्राउ गरेका छन । प्रहरीका अनुसार त्रिभुवन विश्वविद्यालयअन्तर्गतको बिएससी–सिएसआइटी विषयको प्रवेश परीक्षाको प्रश्नपत्र परीक्षा अगावै अनधिकृतरुपमा प्रश्नपत्र आउट गरेको अभियोगमा  निजहरुलाइ  पक्राउ गरिएको  बुझिएको छ    ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका अनुसार प्रस्तुत घटनाका सम्बन्धमा आवश्यक कारवाही सुरु गरिएको जानकारी दिदै उनले भने, ‘दुई विद्यार्थी पक्राउ परेका छन् । घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ । घटनामा अरु पनि विधार्थीको सहभागीता रहेका देखिन आएकाले तथ्य फेला परेपछि वास्तविकता सार्वजनिक गर्ने बताएका छन ।

यसैवीच महेन्द्ररत्न क्याम्पस  सम्वद्ध नेविसंघ नेता महेश नेपालीले  प्रश्न पत्र आउट गर्ने जस्तो सङिगीन अपराध गर्दै विद्यार्थीसँग लाखौँ रुपैयाँ असुल्ने र आम विधार्थीको भविष्यमाथि खेलवाड गर्ने अभियुक्तहरुको तत्काल खोजी गरि कारवाही गर्नुपर्नेमा जोड दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।