बिहिबार, बैशाख ६, २०८१

सुन तस्करी एवम सनम हत्याकाण्ड प्रतिवेदनमा: किटानी कारवाहीको लागि सिफारिस गरिएका ठूला माछोलाइ कारवाही होला त ?

सुन तस्करी प्रकरण एवम सनम हत्याकाण्डको ७५२ पृष्ठको प्रतिवेदन प्रम ओलीलाइ

 काठमाडौ साउन १७, साढे ३३ किलोग्राम सुन तस्करी प्रकरण एवम सनम शाक्य हत्याकाण्डको छानबिनका लागि गठित समितिका संयोजक एवम् गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलले सुन तस्करी र हत्याबारे तयार पारेको प्रतिवेदन प्रधानमन्त्री केपी ओलीलाई बुधवार बुझाइएको छ ।   दुबईबाट नेपाल आएको साढे ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हराएको र फागुनमा सनम शाक्यको हत्या भएपछि विसं २०७४ चैत २० गते मन्त्रिपरिषद्को बैठकले छानबिनका लागि गठित उक्त समितिले प्रम ओलीलाइ बुझाईएको चारमहिने अनुसन्धान सहितको ७५२ पृष्ठको प्रतिवेदनमा तस्करीको प्रकृति सुझाव, समेटिएको छ ।

त्यस्तै प्रतिवेदनमा समितिले सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती भन्ने ‘गोरे’, भुजुङ गुरुङ, राजेन्द्रकुमार शाक्य, छिरिङ वाङदेल त्यस्तैगरि प्रकरणमा प्रत्यक्ष वा परोक्ष संग्ल्न पूर्वप्रहरी नायब महानिरीक्षक गोविन्दप्रसाद निरौला, प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनी, श्याम खत्री, प्रहरी उपरीक्षक विकासराज खनाल, प्रहरी नायब उपरीक्षक प्रजित केसी, प्रहरी नायब  निरीक्षक बालकृष्ण सञ्जेलललगायतलाई पक्राउ गरेको जनाएको छ ।

त्यस्तै प्रतिवेदनमा विगत नेपालमा लामो समययतादेखि हुँदै आएको सुन तस्करी राजनीतिक दल, उच्च सरकारी अधिकारी, सुरक्षा निकायका उच्च अधिकारीको संरक्षण हुने गरेको जिकिर गर्दै  तस्करी प्रकरणमा संलग्नता रहेको सत्तारुढ एवम् विपक्षी राजनीतिक दलका नेता समेतको किटानी नाम उल्लेख गर्दै कारवाहीको दायरमा ल्याउन सुझाव दिईएको बताईएको छ ।

तर सानो माछा र ठूलो माछाको नाममा ठूला माधा भनिएका राजनैतिक दलका नेताहरुलाइ यसअघि विभिाँन्न प्रकरणमा जस्तै ति राजनीतिक दलका नेता अर्थात ठूला माछालाइ उन्मुक्ति दिइने संभावना रहेको सम्वद्ध स्रोतले जनाएको छ ।

Published on: Aug 2, 2018

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।