बिहिबार, चैत्र १५, २०८०

लायन्स क्लब पोखरा पिस होमको सचेतना कार्यक्रम सम्पन्न

 पोखरा साउन २८,   लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ वि १ अन्र्तगत लायन्स क्लब अफ पोखरा पिस होमले आइतवार स्थानीय लेखनाथ नगरपालिका स्थित धर्मस्थली आधारभूत विद्यालयमा अध्यनरत वालिकामाझ सचेतना कार्यक्रमको आयोजना गरेको छ ।

सचेतना कार्यक्रमको क्रममा  विधालयका कक्षा ५ देखि ८ कक्षामा अध्यन गर्दै गरेका वालिकाहरुलाइ महिलाहरुको बढ्दो उमरेर संगै हुने शारिरीक परिवर्तन ,महिनावारी र यसको सुरक्षाको अवाला अपनाउनु पर्ने सावधानीको वारे अनुशिक्षण दिईएको थियो । त्यसअवसरमा विद्यालयका विधार्थीहरुको प्रयोजनाका लागि स्कूलका भाइस प्रिन्सिपल बदन शर्मालाइ प्याड समेत हस्तान्तरण गरिएको थियो ।

डिस्ट्रिक भाइस गभर्नर इन्दु लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा डिस्ट्रिक सिनिएर एओजी लायन सुमित्रा थापा , कार्यक्रममा संयोजक लायन सरिता हुमागाइ लागायतको उपस्थिती रहेको थियो । क्लबका अध्यक्ष लक्ष्मी केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन लायन लक्ष्मी वास्टोलाले गरेकी थिइन्।

Publish on: Aug 13, 2018