बिहिबार, बैशाख १३, २०८१

राष्ट्रपतिद्वारा विज्ञ सल्लाहकार नियुक्त

  काठमाडौं भाद्र ४,  राष्ट्रपति विद्यादेवी भण्डारीले दुइजना सल्लाहकार नियुक्त गर्नु भएको छ । 

नेपाली कला तथा संस्कृति, भाषा, साहित्य, इतिहास, पुरातत्व र सांस्कृतिक सम्पदाका क्षेत्रमा सुझाव र सल्लाह दिने गरी विज्ञ पदमा कास्की जिल्ला पोखरा महानगरपालिका–७ निवासी माधव शर्मा त्यस्तै  राष्ट्रिय सुरक्षा, प्राकृतिक सम्पदा र वातावरणसम्बन्धी क्षेत्रमा सुझाव र सल्लाह दिने गरी विज्ञ पदमा अवकासप्राप्त रथी नेत्रबहादुर थापालाई नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता छवीन्द्र पराजुलीले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।