शनिबार, बैशाख ८, २०८१

महान्यायाधिवक्ता कार्यालयले शुक्रवार दीपावली कार्यक्रमको आयोजना गर्ने

 काठमाडौ साउन ३१ , महान्यायाधिवक्ता कार्यालयले शुक्रवारबाट लागु हुने मुलुकी देवानी र अपराध संहितालगायत ५ कानून लागू हुन लागेको खुशियालीमा शुक्रबार देशैभर दीपावली सहित स्वागत गर्ने भएको छ । 

 महान्यायाधिवक्ता कार्यालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा मुलुकी अपराध (संहिता) ऐन, २०७४, मुलुकी फौजदारी कार्यविधिधि (संहिता)ऐन, २०७४ र फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ समेतका कानून भाद्र १ गतेदेखि लागू हुने पहिलो दिन देशव्यापीरूपमा दीपावली मनाउन लागेको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा महान्यायाधिवक्ता कार्यालयअन्तर्गतका ७७ वटै जिल्ला सरकारी वकिल कार्यालय, १८ वटा उच्च सरकारी वकिल कार्यालय, राजधानी काठमाडौस्थित विशेष सरकारी वकिल कार्यालय र महान्यायाधिवक्ताको कार्यालयमा दीपावली गरिने महान्यायाधिवक्ताको कार्यालयले देशैभरका कार्यालयलाई निर्देशन दिएको उलेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।