शनिबार, बैशाख ८, २०८१

प्रकाण्ड’लाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

  काठमाडौं भाद्र ४,   सर्वोच्च अदालतले ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ ।

 न्यायाधीश इश्वर खतिवडाको एकल इजलासले आज विश्वकर्मालाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र उपस्थित गराउन आदेश जारी गरेको हो । विश्वकर्माका तर्फबाट वीरेन्द्र विश्वकर्माले गैरकानूनी रुपमा पक्राउ गरी थुनामा राखेको उल्लेख गर्दै थुनामुक्त गर्न सर्वोच्च अदालतमा आइतबार रिट निवेदन दायर गर्नुभएको थियो ।

यसअघि विश्वकर्मालाई यही भदौ १ गते न्यायाधीशहरु चोलेन्द्रशम्शेर राणा र तेजबहादुर केसीको संयुक्त इजलासले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार राजन भट्टराई र नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीको रोहवरमा छाड्न आदेशबाट रिहाभएलगत्तै प्रहरीले पुनः विश्वकर्मालाइ पक्राउ गरेको हो ।