शनिबार, बैशाख ८, २०८१

पाकिस्तानको २२ औं प्रधानमन्त्री इमरान खानले आजबाट पदभार ग्रहण गर्ने

 समाचार एजेन्सी भाद्र २ , पाकिस्तानको २२ औं प्रधानमन्त्रीमा निर्वाचित नेता इमरान खानले आज पद तथा गोपनियताको शपथ सहित पदभार सम्हाल्ने भएको छ ।  संसदमा शुक्रवार भएको निर्वाचनमा बहुमत ल्याएपछि खान प्रधानमन्त्रीमा चयन भएका हुन । निर्वाचनमा उनले राष्ट्रियसभाका १७६ जना सदस्यको समर्थन प्राप्त गरेका थिए ।

सन् १९९२ को विश्वकप विजेता पाकिस्तानी टोलीका सबै सदस्यलाई कप्तान खानको प्रधानमन्त्रीको सपथ कार्यक्रममा निम्त्याइएको छ । यसैगरी भारतीय क्रिकेट लिजेन्ड कपिल देव, सुनिल गवास्कर र नवोजोत सिंहलाई पनि सपथ कार्यक्रमको अतिथिको रुपमा आमन्त्रण गरिएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।