बिहिबार, बैशाख १३, २०८१

नेविसङ्घको कार्यकाल ३ महिना थप

 काठमाडौ भाद्र २ नेपाल विद्यार्थी सङ्घको कार्यकाल आगामी ३ का महिना थपिएको छ । नेपाली काङ्ग्रेसले आफ्न भ्रातृ संस्था नेविसङ्घको महाधिवेशनलाई सहजीकरण गर्न निर्माण गरेको समितिले ३ महिना थप गर्ने आवश्यक रहेको ठहर गरेपछि विधानत व्यवस्था अनुरुप आगामी ३ महिनाको लागि कार्यकाल थपिएको हो ।

 संघका अध्यक्ष नैनसिंह महर नेतृत्वको कार्यकाल आज सकिएसंगै माउ पार्टीको निर्देशन समितिले १२औँ अधिवेशन गराउन भन्दै कार्यकाल थप गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।