शुक्रबार, चैत्र १६, २०८०

कञ्चनपुर घटना: सहसचिव मैनालीको संयोजकत्वमा उच्चस्तरीयसमिति गठन , प्रजिअ फेरिए, विशेष अनुसन्धान टोली खटाइए

   काठमाडौं भाद्र ८ भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया निर्मला पन्तका हत्यारा तथाकथितरुपमा घटना घटेको ३ सातापछि प्रहरीले आइतबार भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई हत्याका अभियुक्त भन्दै सार्वजनिक गरेको थियो । मानसिक अवस्था कमजोर भएका विष्टलाई हत्यारा भनी सार्वजनिक गरेपछि आन्दोलन झन चर्किएको छ । 

१३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै गरिएको प्रदर्शनका कारण तनावग्रस्त भीमदत्तनगरमा प्रदर्शनको क्रममा प्रहरी र आन्दोलनकारी बीचको दोहोरो झडपमा परी दुवैतर्फ घाइते भएको प्रहरीले जनाएको छ ।  प्रहरीले स्थिति नियन्त्रणमा लिन ५६४ राउण्ड अश्रग्यास प्रहार प्रहरीतर्फ नौ जना घाइते भएका छन् भने आन्दोलनकारीतर्फ छ जना घाइते भएका थिए । साथै स्थिती तनावग्रस्त बन्दैगएपछि विहिवार ५ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्मका लागि कञ्चनपुरको सदरमुकाम भीमदत्तनगर क्षेत्रमा कफ्र्यु लगाइएको थियो ।

 यसैवीच गृह मन्त्रालयले कञ्चनपुर भिमदत्त नगरपालिकाकी १३ वर्षिया बालिका बलात्कारपछि हत्या भएको छटनाबारे विस्तृत छानबिन तथा अनुसन्धान गर्न मन्त्रालयका सहसचिव हरीप्रसाद मैनालीको संयोजकत्वमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक रामप्रसाद श्रेष्ठ, सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक वसन्त बानियाँ र अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र प्रदेश नं ७ का आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव विरेन्द्र केसी सदस्य रहेको उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।

 साथै मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै बालिका निर्मला पन्तको मृत्युको विषयलाई लिएर कञ्चनपुरमा भइरहेको विरोध प्रदर्शनलगायतका घटनाहरुको सम्बन्धमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाको गम्भीरतालाई दृष्टिगत गरी घटना घटेको मितिदेखि नै स्थानीय प्रहरीले अनुसन्धान गरिरहेकोमा गृह मन्त्रालयको निर्देशनमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट प्रहरी नायव उपरीक्षक नेतृत्वको विशेष अनुसन्धान टोली अनुसन्धान कार्यलाई तीव्रता दिन खटाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

। त्यस्तै विज्ञप्तिमा राज्य कहिले पनि अपराधी र अपराधमैत्री हुन नसक्ने उल्लेख गर्दै प्रस्तुत अपराधमा संलग्न जो कोहीलाई पनि कानूनी कारवाही हुने र अनुसन्धान कार्यमा संलग्न पदाधिकारीबाट समेत यदि कुनै कमीकमजोरी गरे गराएको पाइएमा कानूनअनुसार कडा कारवाही गरिने विषयमा गृह मन्त्रालय सदैव प्रतिवद्ध रहेको जनाएको छ ।  त्यस्तै घटनाका कारण गृह मन्त्रालयले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख परिवर्तन बदली गरेको छ । गरेको छ । कञ्चनपुरमा नयाँ प्रजिअको रुपमा सहसचिव तारानाथ अधिकारीलाई पठाइएको छ।