शुक्रबार, बैशाख ७, २०८१

कक्षा १२ को नियमित तथा आंशिक परीक्षार्थीहरुको परीक्षाफल प्रकाशित

भक्तपुर साउन १७ गत २०७५ वैशााख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन गरिएको कक्षा १२ को नियमित तथा आंशिक परीक्षार्थीहरुको परीक्षाफल प्रकाशित गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यसपटक कक्षा १२ का सबै समूहको नतिजा एकैपटक प्रकाशित गरिएको हो ।  परीक्षा बोर्डका अध्यक्ष प्रा .डा चन्द्रमणि पौडेलका अनुसार नियमिततर्फ ३.६१ देखि ४ जीपीएसम्म ल्याउने ११ हजार १ सय ६९ जना, ३.२१ देखि ३.६० सम्म जीपीए ल्याउने ११ हजार २ सय २१ जना छन् ।

यस्तै, २.०१ देखि २.८० जीपीए ल्याउने ५८ हजार ३ सय ४५ जना, २.०१ देखि २.४० जीपीए ल्याउने ९० हजार २ सय ९९ जना, १.६१ देखि २ जीपीएसम्म ल्याउने ६६ हजार ४ सय ३८ जना रहेको बोर्डले जनाएको छ ।  यस्तै १.२१ देखि १.६० जीपीए ल्याउने २२ हजार ७ सय ३४ जना र ०.८१ देखि १.२० जीपीए ल्याउने ४ हजार ४ सय ८८, जना र शून्यदेखि ०.८० जीपीए ल्याउने १ सय ९९ जना छन् ।  यसैगरि, आंशिकतर्फ ४१ हजार ३ सय २५ जना उत्तिर्ण भएको बोर्डले जनाएको छ ।

Published on: Aug 2, 2018

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु