शनिबार, बैशाख ८, २०८१

सासंद श्रेष्ठद्दारा सफलताको शुभकामना सहित खेलाडीको विदाइ

 काठमाडौं असार १८, सन् २०१९ अक्टोवरमा युथ ओलम्पिक गेमको छनौट प्रक्रियाका लागि १०० मिटर एथलेटिक्स खेलाडी लुजला अमात्य तथा प्रशिक्षक विमला जोशी अमात्य बैंककमा हुन गई रहेको युथ ओलम्पिक कन्टिनेन्टल क्वालिफिकेशन च्याम्पिएनशिपमा सहभागी हुन आज बैकक जाने भएका छन । 

खेलाडी लुजला अमात्य तथा प्रशिक्षक विमला जोशीलाइ बैकक जानु अघि नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा प्रतिनिधी सभा सदस्य जीवन राम श्रेष्ठले विदाई गर्दै शुभकामना सहित खेलाडीलाई आफ्नो स्वास्थ्यको ध्यान राखी प्रतियोगितामा राम्रो नतिजा हासिल गर्न समेत शुभकामना दिनु भएको थियो ।

त्यसअवसरमा नेपाल ओलम्पिक कमिटीका कार्यकारीणी सचिव सुजन लाल श्रेष्ठ तथा शारिरिक सुगठन तथा फिटनेसका मुख्य प्रशिक्षक राजेन्द्र रत्न तुलाधारलगायतको उपस्थित रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।