शुक्रबार, बैशाख ७, २०८१

 संचारकर्मी बस्नेतलाई विना शर्त रिहाइ गर्न माग

काठमाडौं साउन १३ , नेपाल प्रेस युनियनले खोजतलास दैनिकमा प्रकाशित भएका समाचारको आधारमा पत्रिकाका प्रधानसम्पादक राजु बस्नेतलाई प्रहरीले नियन्त्रणको घटना प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

युयिनका महासचिव अजयबाबु शिवाकोटीद्दारा आज जारी विज्ञप्तिमा ललितपुर महानगरपालिका वडा नम्वर २७ को हरिसिद्धी इटा टायल कारखानाको २५ रोपनी जग्गा भुमाफिया परिचालित गरि नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले विक्री वितरण गर्न मालपोत कार्यालयका कर्मचारीहरुलाई व्यापक दवाव दिएको समाचार खोजतलास दैनिकमा प्रकाशित भएपछि प्रधानसम्पादक बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिदै साइवर क्राइम अन्तर्गत मुद्दा चलाउने तयारी गरेको उल्लेख गरिएको छ ।

तयस्तै विज्ञप्तिमा सूचना विभागमा दर्ता भइ प्रेस काउन्सिलमा सुचिकृत भएका कुनै पनि समाचार संस्थालाई समाचार प्रकाशन र प्रसारण गरेकै आधारमा साइवर क्राइम मुद्दा लगाउन नपाउने मान्यता विरुद्ध केपी ओली नेतृत्वको सरकारका मन्त्री समेत रहेका नेकपा नेताहरुको दवावमा पत्रकार पक्राउ गर्ने कार्यको युयिनले भत्सर्ना गर्दै सरकार आफ्ना कमजोरी र भ्रष्टाचारका विषयहरु लुकाउन सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमणमा उत्रिएको जनाएको छ ।

त्यस्तै एक पछि अर्को गर्दै विभिन्न वहानामा वा विचार, सिद्धान्त र आस्था नमिलेकै आधारमा संचारकर्मी र संचारमाध्यममाथि सरकारले गरिरहेको दमन, विभेद र पक्राउजस्ता अत्यन्तै आपत्तिजनक घटनाको हामी कडा रुपमा प्रतिवाद गर्दछौं भन्दै  प्रकाशित वा प्रशारित समाचारका बारेमा आफूलाई असहमति भए नेपाल प्रेस काउन्सिल मार्फत खण्डन प्रकाशित गर्ने वा अन्य कानुनी उपचार हुँदाहुँदै संचारकर्मीलाई पक्राउ गर्ने र साइबर क्राइमको मुद्दा चलाउनेजस्ता गैरजिम्मेवारीपूर्ण र आपत्तिजनक घटनाले सिंगो नेपाली प्रेस माथि वा प्रेस स्वतन्त्रतामाथिको नाङ्गो आक्रमण भएको नेपाल प्रेस युनियनको ठहर रहेको र यसर्थ, घटनाको सत्यतथ्य छानविन गरी पक्राउ परेका संचारकर्मी राजु बस्नेतलाई विना शर्त रिहाइ गर्न नेपाल प्रेस युनियन जोडदार माग गर्दछ भनिएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु