शुक्रबार, चैत्र १६, २०८०

विश्वकपको उपाधिका लागि आइतबार क्रोएसियाले फ्रान्सको सामना गर्ने

क्रोएसिया पहिलो पटक इङ्ल्यान्डविरुद्धको भएको खेलमा २-१ को जित निकाल्दै विश्वकपको फाइनलमा

काठमाडौ असार २८,    विश्वकप फुटवल अन्र्तगत  अन्तिम २ का लागि  बुधवार भएको  खेलमा  इङ्ल्यान्डलाई  २-१ ले पराजित  गर्दै क्रोएसिया   विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

डि एरिया नजिक पाएको फ्रि किक लाइ गोलमा परणत गर्दै खेलको पाँचौ मिनेटमै  अग्रता लिएको  इङ्ल्यान्ड विरुद्ध  दोस्रो हाफको ६८ औं मिनेटमा    क्रोएसियाले एक गोल  गर्दै   खेल वरावरी  गरेका  थिए ।  त्यसपछि   निर्धारित ९० मिनेटको समयमा थप गोल हुन नसकेपछि  थपिएको   अतिरिक्त समय  सकिन ११ मिनेट बाँकी छँदा क्रोएसियाको तर्फबाट भएको  थप  एक गोलले   इङ्ल्यान्ड जारी विश्वकप खेलबाट वाहिरिएको  हो  ।

 अव  पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएसियाले आगामी आइतबार फ्रान्ससंग हुने  अन्तिम  १ का लागि अर्थात  फाइनल  खेल खेल्नेछन भने शनिवार  तेस्रो  स्थानका लागि  इङ्ल्यान्डले  बेल्जियमसँगको खेल  खेल्नेछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।