शुक्रबार, चैत्र १६, २०८०

महिला गीतकार संघको अध्यक्षमा भण्डारी

 काठमाडौं असार ३० , नेपाली गीत संगीतको फाँटमा न्यून संख्या त्यसमाथि  पनि छरिएर रहेका महिला गीत लेखिकाहरुलाई एकिकृत गर्दै उनीहरुको क्षमता र योग्यतालाई उजागर गर्ने अभिप्रायले २०६६ सालमा गठित पहिलो एवम् अग्रणी संस्था महिला गीतकार संघको आज राजधानीमा नवौं साधारण सभा सम्पन्न भएको छ ।

(निर्वतमान अध्यक्ष एवम प्राज्ञ उन्नति बोहरा शीला  र निर्वाचित अध्यक्ष अस्मिता भण्डारी ।)

 संघको सम्पन्न साधारणसधाले संघको संस्थापक महासचिव समेत रहेकी साहित्यकार , गीतकार तथा वरिष्ठ पत्रकार अस्मिता भण्डारीको अध्यक्षतामा सात सदस्यस्य नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

नव निर्वाचित कार्यसमितिको उपाध्यक्ष, महासचिव र कोषाध्यक्षमा क्रमस लोकप्रिय गीतकार शिला पन्त, उपमा आचार्य र कल्पना अधिकारी रहनु भएको छ भने सदस्यहरुमा दुर्गा बनवासी, रश्मी रिमाललगायत रहेका छन् ।  त्यस्तै समितिका सल्लाहकारहरुमा प्रतिमा श्रेष्ठ , बाबा बस्नेत,सन्ध्या पहाडी र गिता कार्कीलाइ चयन गरिएको छ भने निर्वतमान अध्यक्ष एवम प्राज्ञ उन्नति बोहरा शीलालाइ साधारणसभाले संस्थापक प्रमुख संरक्षकमा र लक्ष्मी उप्रेतीलाइ संरक्षकमा मनोनय गरेका छन ।

संघको नयाँ अध्यक्षमा निर्वाचित बहुआयामिक व्यक्तित्व भण्डारीको कार्यकालमा संघले विधानत प्रस्तावित लक्ष्य प्राप्ति गर्नुको अलावा गीतसंगीतको क्षेत्रमा नयाँ आयाम कोर्ने अपेक्षा गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।