बिहिबार, बैशाख १३, २०८१

प्रिय गीता !

   -वैरागी जेठा-

प्रिय गीता !
दुःखपूर्ण संसारमा
हामीले गौरवमय बाँच्नु छ
हामी मध्ये, धेरै मानिसहरूलाई
सम्झनु पर्छ ।
म सम्झिरहेछु
हृदयका वास्तविक कटुता थाहाछैन
हाम्रा वाल्यकालका जीवनहरू
त्यसैले , तिमीरुनुहुन्न
तिमी रुँदा, गाउँ समाज
संसार रुन सक्छ
प्रिय गीता !
हामीले खोजेको प्रगति
शुभ–कर्ममा
मानवीय सज्जनता हो ।
ऊ हेर तिम्रो डाँफे
हामी भित्र रहेकी छ
तिमी हामी रोयौँ भने ?
हाम्रा वैरीहरू हाँस्छन्
हामी सङ्कटमा पर्छोँ
हाम्रो समाजवाद सङ्कटमा पर्छ
तिमीसँग छुटे पछि
म चिन्तित भएको छु
धेरै विश्वास छ तिमीमा
अब रुने छैनौ तिमी ।
धेरै विचार गरेर
भाव पोखिरहेछु
हामीहरू,मानिसहरूका स्थान खोजिरहेकै छौँ
कहिल्यै नहराउँने गरी
कतै ,कहीँ रुनु हुन्न
प्रिय गीता !
हामीहरूलाई ,
प्रतिभाशाली व्यक्तिहरूको खाँचो छ
तिमी त !
एउटा विचारशील नारी
अघि बढ्न ,नदिने बन्धनहरूलाई
छिन्नभिन्न गराउँद
पर्खालहरू भत्काउँनु पर्छ
भेटमा भनिरहन्थ्यौ ,मलाई
प्रिय गीता !
शोकलाई शक्तिमा बदल
वर्षाझैँ रुनुहुन्न
तिम्रा पीडाका कथाहरू
पढ्दै र सुन्दै
काव्यका लाइन तिर ढल्किएको छु
अब
हिमाल जस्ता
आँखाबाट आँसुका धारा बग्नु हुन्न
मनुष्य हौँ
हामीलाई थाहा छ
यति अनुरोध गर्छु
जमिनका कमला घाँसहरू,
कोइलीहरू र
अन्य चराहरू चिर्बिराइरहे भने
कसरी थेग्नु !
प्रिय गीता !
सन्सारले मानेकी तिमी
मालिनी झैँ कल्कल बग्नु पर्छ
हाँस्दै हाँस्दै
आषिशका सपनाहरू
प्रिय गीता !
घोरिएर ,भावुकतामा धेरै डुब्नुहुन्न
आषिशका योजना साकार गर्न
वृक्षहरूका फूलझैँ फुल्दै
हामी अघि बढ्नु छ
मैले तिमीलाई !
पुष्पित वृक्षका डालीहरूझैँ देखिरहेछु
फूलका आँखाबाट
कदापि शितका थोपाहरू झर्नु हुन्न
कतै उद्विग्नता न छावोस्
मैले पत्याउँनै नसक्ने गरी
प्रिय गीता !

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।