शुक्रबार, चैत्र १६, २०८०

प्रम निवास अगाडि मानव अधिकारकर्मीहरुको प्रदर्शन, २ दर्जन भन्दा बढि अधिकारकर्मी गिरफ्तार

काठमाडौ असार ३०,  मानवअधिकार तथा शान्ति समाजले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारअगाडि गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप हुँदा २ दर्जन भन्दा बढि अधिकारकर्मीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

प्रदर्शनको क्रममा अधिकारकर्मीहरुले सरकारको निर्णयहरु स्वतन्त्रताविरोधी र स्वेच्छाचारी भएको जनाउ सहित सत्याग्रही भोकै छन् ,नेपाली जनता रोएका छन्’, ‘ओली सरकारको उपहार स्वतन्त्रतामाथि प्रहार’, ‘स्वतन्त्रताविरोधी निर्णय खारेज गर’लगायतका प्लेकार्ड प्रदर्शन गर्दैगर्दा प्रहरी हस्तक्षेप सहित प्रदर्शनकारीहरुलाइ धरपकड गरिएको हो ।

धरपकडको क्रममा प्रहरीले कृष्ण पहाडी, सभापति डा .गंगाधर अधिकारी, महासचिव उत्तम पुडासैनीलगायतका अधिकारकर्मीहरुलाई पक्राउ गरिएको समाजद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।  त्यस्तै विज्ञप्तिमा शान्ति समाजले आगामी सोमबार नयाँबानेश्वरस्थित संसद भवनअगाडि धर्ना दिने जनाएको छ । फोटो :समाजको फेसवुक पेज

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।