शुक्रबार, बैशाख ७, २०८१

ज्ञानोदयका गुरुजनलाइ सम्मान

काठमाडौं साउन ११ ,  आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आजका दिन शिक्षा, दीक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा मनाइँदैछ । यसैक्रममा आज कामपा वडा १३ पुरानो कालिमाटीस्थित ज्ञानोदय उच्च माबिमा पनि ज्ञानोदय पूर्व बिद्यार्थी समाज नेपालद्वारा विद्यालयका पूर्व शिक्षक , पूर्व कर्मचारी लगायतका विशेष व्यक्तित्वप्रति सम्मान प्रकट गरिएको छ ।

आचार्यदेवो भव को मान्यताबाट अभिप्रेरित हुँदै अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वको सम्मानमा समाजद्दारा आज विद्यालयका पूर्व प्रधानअध्यापक धनञ्जय शर्माको प्रमुख आतिथ्यता एवम् समाजका सभापति रुपचन्द्र पन्तको सभापतित्वमा आयोजित कार्यक्रममा क्रमस महेश्वर यादव, इश्वरी भटटराइ, कमला राजभण्डारीश्रेष्ठ, गोकर्ण प्रसाद मिश्र, षडानन बराल र भगवती लामिछानेलाइ विद्यालयका पूर्व विधार्थी साधुराम गौतम, नरेश रोका, सुन्दर पन्तलगायतले सम्मान गर्नु भएको हो ।

समाजका सदस्य कल्पना बुढाथोकीको स्वागत अभिव्यक्तिबाट सुभारम्भ  भएको उक्त सम्मान कार्यक्रममा समाजका पूर्व अध्यक्ष साधुराम गौतम प्रमुख अतिथी शर्मा सम्मानीत गुरुहरुको तर्फबाट महेश्वर यादव विधालयका वहालवाला प्रअ नातिकाजी महर्जन लगायतका वक्ताले प्रस्तुत कार्यक्रम गुरु र शिष्यको आत्मियतालाइ थप प्रखरित गर्ने बताउँनु भएको थियो । 

कार्यक्रममा दोस्रो सत्रमा विधालयका पूर्व र वहालवाला विधार्थीहरुबाट सास्कृतिक कार्यक्रमकाृ समेत प्रस्तुत गरिएको समाजका सचिव राम महर्जनले जानकारी दिनु भएको छ ।

Published on: Jul 27

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु