शनिबार, बैशाख ८, २०८१

यस्तो छ सल्यानमा वैज्ञानिक शिक्षाको विकास र व्यवस्थापनका लागि नेविसंघको पहलकदमी

 काठमाडौं जेठ २७, नेपाल विद्यार्थी संघ सल्यान–काठमाडौं सम्पर्क समितीले शनिवार राजधानीस्थित पद्माकन्या क्याम्पसमा समग्र सल्यानजिल्लामा शिक्षाको वैज्ञानिक विकास र व्यवस्थापनमा सु्धारको आवश्यकता महसुस गर्दै सल्यानको शिक्षामा वैज्ञानिक विकास र व्यवस्थापनमा सुधार विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका छन ।

 त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पुर्वमन्त्री एनपी साउदले नेवि संघले हिजोका दिन देखिनै शैक्षिक सुधारका प्रत्यृक अभियानमा नेतृत्वोदायी भुमिका खेल्दै आएका स्मरण सहित अवका दिनमा पनि  संघ र संघ आवद्ध साथीहरुबाट सल्यानमा शिक्षाको वैज्ञानिक विकास र व्यवस्थापनमा सु्धारका लागि योगदान हुने विस्वास व्यक्त गर्नु भएको थियो ।

त्यस्तै काँग्रेसका यसवा नेता ऋषिकेश जंग शाहले सल्यान जिल्लाको शैक्षिक प्रणाली, वर्तमान अवस्था, शैक्षिक क्षेत्र सुधारमा गरिएका प्रयासहरु र आउने दिनमा खेल्नु पर्ने भुमिका बारेमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै युवा हरुको बढ्दो विदेश पलायनलाइ रोक्न आवश्यक रहेको धारणा अभिव्यक्त गर्नु भएको थियो।  स्वास्थ्यकर्मी दिपककुमार ओलीलाई सम्मान समेत गरिएको उक्त कार्यक्रममा शिक्षाविद् प्रा।डा। बिध्यानाथ कोईराला लगायतका वक्ताहरुले प्स्तावित विषयमा आ९आफ्नो धारण अभिव्यक्त गर्नुभएको थियो ।

 कार्यक्रममा त्रिभुवन बिश्वविद्यालयका उपकुलपति तिर्थराज खनिया, शिक्षाविद प्राडा. विध्यानाथ कोइराला , सिटिईभिटिका उपाध्यक्ष डा।कुल बहादुर बस्नेत, न्याथम क्याम्पसका पुर्व क्याम्पस प्रमुख उज्ज्वल सत्याल, नेपाली नेविसंघ सल्यान सभापति प्रकाश भण्डारी लगाएतका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

Posted by Rishikesh Jung Shah on Saturday, 9 June 2018