बुधबार, बैशाख १२, २०८१

३१ लाख ८० हजार भारु सहित दुई भारतीय पक्राउ

 काठमाडौं जेठ २३,  जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो परिमाणमा भारतीय रुपैयाँसहित पक्राउ गरेका विहार पूर्वी चम्पारण बेलवा निवासी चितरञ्जन प्रसाद र विहारकै मोतियारी पलनवा निवासी रोहित केशरीलाई आज सार्वजनिक गरेका छन ।

 प्रहरीले वीरगञ्जको रजतजयन्ती चोकबाट ३१ लाख ८० हजार भारतीय रुपैयाँसहित दुबै जनालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार रक्सौलबाट ना २७ प ३८११ नम्बरको मोटरसाइकल बाट वीरगञ्जतर्फआउँदै गरेका चितरञ्जन र केशरीलाई शंका लागेर चेकजाँच गर्दा दुई हजार दरका एक हजार ५९० थान भारतीय नोटसहित प्रहरीले दुबै जनालाई पक्राउ गरेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।