शुक्रबार, चैत्र १६, २०८०

सासंद जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिले पत्रकारलाई धम्क्याउने जस्ता गैरजिम्मेवार हरकत गर्नु निन्दनीय

 काठमाडौ जेठ २४, नेपाल पत्रकार महासंघले हाम्रा कुरा डटकममा प्रकाशित समाचारको विषयलाई लिएर अनलाइनको तीनकुनेस्थित कार्यालयमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका केन्द्रीय सदस्य भूपेन्द्र शाहीको नेतृत्वमा गएको सात जनाको समुहले त्यहाँ कार्यरत पत्रकारलाई प्रकाशित समाचार हटाउन दबाब दिँदै धम्क्याएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका महासचिव रमेश विष्टद्दारा आज जारी विज्ञप्तिमा जेठ २३ गते साँझ ७ः०० बजेतिर अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनकी अध्यक्ष तथा सांसद नविना लामाको निर्देशनमा शाहीको नेतृत्वमा गएको समुहले हुलहुज्जत गर्दै अनलाइनको समाचार कक्षमा कार्यरत रहेका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका कार्यकारी सम्पादक माधव चम्लागाईसहित अन्य पत्रकारलाई प्रकाशित समाचार तुरुन्त हटाउन दबाब दिँदै धम्क्याउनुको अलावा सोही दिन दिउँसो अनेरास्ववियूकी अध्यक्ष तथा सांसद लामाले अनलाइनका प्रधानसम्पादक तथा नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीलाई ‘समाचार नहटाए उठाइदिने तथा सत्ता र शक्तिको दम्भ देखाउदै साईबर क्राईमको मुद्दा लगाएर थुनिदिने’ भन्दै फोनबाट धम्की दिएको उल्लेख गरिएको छ।

 त्यस्तै विज्ञप्तिमा प्रकाशित समाचारको सवालमा अध्यक्ष तथा सांसद लामाले पठाएकोे खण्डन प्रकाशित गरेपछि पनि कार्यालयमा समुह पठाएर पत्रकारलाई धम्क्याउनु तथा कार्यकक्षमा कार्यरत पत्रकारलाई मानसिक तनाब दिनु र फोनबाट सम्पादकलाई उठाइदिने भनी धम्की दिनु प्रेस स्वतन्त्रताको ठाडो उल्लंघन भएको भन्दै सांसद जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिबाट भएको यो गैरजिम्मेवार कार्यको महासंघले कडा भत्र्सना गर्दछ भनिएको छ । साथै, घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरा ल्याउन र यस्ता घटना दोहोरिन नदिन तथा पत्रकारहरूको पूर्ण सुरक्षा गर्न एवं संविधानप्रदत्त प्रेसको अधिकारको निर्वाध उपभोगको वातावरण सृजना गर्न सम्बन्धित निकायसँग महासंघ जोडदार माग गरेको छ ।

यसैवीच नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका महासचिव श्रीजन झा,लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष दामोदर प्रसाद दवाडी , नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल लगायतका सञ्चारसम्वद्ध संघसंसस्थाले  पनि विज्ञप्ति जारी गर्दै हाम्रा कुरा डटकममा प्रकाशित समाचारको विषयलाई लिएर पत्रकारलाई धम्क्याउनुका साथै मानसिक तनाव दिएको घटनाको घोर भर्सना गरेको छ ।    जारी विज्ञप्तिमा समाचारसम्बन्धी चित्त नबुझे प्रेस काउन्सिलमा उजुरी दिइ उपचार खोज्ने बाटो हुँदाहुँदै कार्यालयमा नै पुगेर समाचार हटाउन दबाब दिनु निन्दनीय भएको  भन्दै समाचार कक्षमा प्रवेश गर्नु तथा फोनबाट सम्पादकलाई धम्की दिनु प्रेस स्वतन्त्रताको ठाडो उल्लंघन भएको जिकिर गरिएको छ ।  त्यस्तै विज्ञप्तिमा घटनाको छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउन, पत्रकारको पूर्ण सुरक्षा गर्न र यस्ता घटना दोहोरिन नदिन एवं संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार निर्वाध उपभोग गर्ने वातावरण तयार गर्न   सरकारसँग जोडदार माग गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।