शुक्रबार, बैशाख ७, २०८१

सामाजिक संजालको दुरुपयोग नगर्न महाशाखाको चेतावनी 

 प्रेस काउन्सिलका पदाधिकारी विरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्ने दुई जना पक्राउ

काठमाडौ असार १३ महानगरीय अपराध महाशाखाले विगत केहि समय देखी सामाजिक संजालको दुरुपयोग गरी अपरिचित व्यक्तिहरुले पठाएको फ्रेण्ड रिक्वेष्ट Accept गर्ने Facebook, twitter, Viber, IMO, Instragramm लगाएतका सामाजिक संजालमा रहेका फोटोहरु तानी त्यस्ता फोटोहरु बिगारी, अश्लिल बनाई पोष्ट गरी ईज्जत प्रतिष्ठामा आँच पुर्याजउने, अश्लिल भिडियोहरु बनाई पठाउने, शेयर गर्ने, व्यक्ति एंवम् संघसंस्था र जनमानसमा भ्रम सृजना गर्ने कुराहरु लेखी अपमान एंव गालिगलौज गरी कमेण्ट गर्ने जस्ता गतिविधि बढ्दै गएको घटनाप्रति महाशाखाको ध्यानकर्षण भएको जनाएको छ ।

महाशाखाले आज एक विज्ञप्ति जारी गर्दै सामाजिक संजालको बढ्दो दुरुपयोगसंगै बिद्युतिय स्वरुपमा गैह्रकानूनी कुरा प्रकाशन गर्नेलाई बिद्युतिय कारोवार ईलेक्ट्निक कारोवार ऐन, २०६३ अनुसार दुई लाख रुपैयासम्म जरिवाना वा पाँच बर्ष कैद वा दुवै सजाँय हुने व्यबस्था भएकोले त्यस्ता गतिविधिमा संलग्न नहुन सर्वसाधारणलाइ अपिल गरेको हो ।

त्यस्तै जारी विज्ञप्तिमा सामाजिक सञ्जालको दुरुपयोग गरी बिद्युतीय स्वरुपमा गैह्रकानूनी कुरा प्रकाशन गर्नेलाई बिद्युतिय कारोवार कारोबार ऐन, २०६३ अनुसार दुई लाख रुपैयाँसम्म जरिवाना वा पाँच बर्ष कैद वा दुवै सजाँय हुने व्यवस्था रहेको छ । त्यस्ता गलत गतिविधिमा संलग्न नभइ कानुनी कारवाहीबाट बच्न चेतावनी दिईएको छ।

यसैवीच महानगरीय अपराध महाशाखाले प्रेस काउन्सिल नेपालका पदाधिकारीको मान प्रतिष्ठामा आघात पु¥याउने गरी सामाजिक सञ्जालमा जथाभावी लेख्ने दुई जनालाई पक्राउ गरेको जनाएको छ ।   यसरी  पक्राउ गरिएकाहरुमा क्रमस सामाजिक सञ्जालमा जथाभावी लेख्ने इलाम घर भई ललितपुर बस्ने विनोद गौतम र नवलपरासीका ३६ वर्षीय विष्णु ढकाल रहेको जनाउँदै  पक्राउ परेकामध्ये गौतमलाई टेकु र ढकाललाई नवलपरासीको सुनवलमा पक्राउ गरी आज काठमाडौँ ल्याइएको हो । उनीहरुलाई विद्युतीय कारोबार ऐनअन्तर्गत महानगरीय प्रहरी परिसर काठमाडौमा अनुसन्धान सुरु गरिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु