शुक्रबार, बैशाख १४, २०८१

सवारी दुर्घटनामा एकजना वडाध्यक्षसहित दुईजनाको मृत्यु , १४ जना यात्रु घाइते

काठमाडौं असार १४ , बाजुरामा बुधबार  साँझ भएको सवारी दुर्घटनामा एकजना वडाध्यक्षसहित दुईजनाको ज्यान गएको छ । बुधबार साँझ जिल्लाको जिल्लाको त्रिवेणी नगरपालिकामा भएको जीप दुर्घटनामा परेर त्यही नगरपालिका वडा नं=१ का वडाध्यक्ष खम्म नेपालीसहित दुईजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

त्रिवेणी नपाकै बाम्का बजारबाट छतारा जाँदै गरेको से १ज ९९९ नम्बरको जीप दुर्घटनामा परेको हो । यो दुर्घटनामा १४ जना यात्रु घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि अछामको बयलपाटा अस्पताल लगिएको छ ।  बेलुका ७ बजेको समय जीप दुर्घटनामा परेको हो । १४ जना घाइतेलार्इ अछामको बयालपाटा अस्पतालमा उपचारका लागि पठाइएको स्थानीय बिस्ना गिरीले जानकारी दिएकी छन् । अन्नपूर्णपोष्टबाट

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।