शुक्रबार, बैशाख ७, २०८१

समाचार सामग्री प्रवाह गर्दा पेशागत मर्यादा र पत्रकार आचारसंहिताको ख्याल गर्दै जिम्मेवार बन्न महासंघको अपिल

  काठमाडौं असार १२ , नेपाल पत्रकार महासंघले केही दिनयता समाजिक सञ्जाल र केही सञ्चारमाध्यममा व्यक्त आरोप–प्रत्यारोप र टिकाटिप्पणीहरूप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  महासंघका महासचिव रमेश विष्टद्दारा आज जारी विज्ञप्तिमा  महासंघ लोकतन्त्र, मानवअधिकार, स्वतन्त्र न्यायालय, विधिको शासन र प्रेस स्वतन्त्रताप्रति सधै प्रतिवद्ध रहँदै आएको उल्लेख गर्दै आमसञ्चारकर्मी साथीहरूलाई सञ्चारमाध्यममा समाचार सामग्री प्रवाह गर्दा पेशागत मर्यादा र पत्रकार आचारसंहिताको ख्याल गर्दै जिम्मेवार बन्न अपिल गरेको छ ।

 त्यस्तै विज्ञप्तिमा सामाजिक सञ्जाल प्रयोग गर्दा सामाजिक सदभावप्रति सजग बन्दै पेशागत मर्यादामा ध्यान दिन आग्रह गर्दै सञ्चारमाध्यममा प्रकाशित÷प्रसारित समाचार सामग्रीकै आधारमा पत्रकारहरूलाई पक्राउ गर्ने तथा हिरासतमा राख्ने जस्ता प्रेस स्वतन्त्रताविरोधी कार्य नगर्न सम्वद्ध सवैमा आग्रह गरिएको छ ।  साथै प्रकाशित/प्रसारित सामग्रीमा चित्त नबुझे अदालत वा प्रेस काउन्सिल समक्ष उजुरी गर्ने मार्ग प्रसस्त रहेको जनाउ सहित प्रेस  स्वतन्त्रता, पत्रकारको व्यावसायिक र पेशागत सुरक्षा एवं कर्तव्यप्रति सचेत र जिम्मेवार बन्नसमेत सबै सरोकारवाला निकायलाई महासंघले ध्यानाकर्षण गराएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु