बिहिबार, बैशाख ६, २०८१

सभापति देउवाद्दारा काँग्रेस केन्द्रीय सदस्य,महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य मनोनीत

काठमाडौ जेठ २४,  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा(२१) (ठ) बमोजिम दिलबहादुर घर्ती (लम्जुङ), शिवप्रसाद हुमागार्इं (काभ्रे) र शीला शर्मा खड्का (दाङ) लाई पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नुभएको छ ।

त्यस्तै काँग्रेस मुख्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्दारा जारी विज्ञप्तिमा आजै सभापति देउवाले पार्टी विधानको  धारा ४९(१३) (क) र (ख) बमोजिम दमननाथ ढुंगाना (काठमाडौ), तीर्थराम डंगोल (काठमाडौ) र हिरादत्त भट्ट (कैलाली) लाई काँग्रेसको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पदमा मनोनयन गर्नुभएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।